
कोलकाता, 16 दिसम्बर (हि.स.)। वन्दे मातरमले डेढ वर्ष पूरा गरेको उपलक्ष्यमा संस्कार भारतीय पश्चिम बंगालको मार्गदर्शनमा राज्यभरि नै वन्देमातरम गौरव गान कार्यक्रम शुरू गरिएको छ। यसै क्रममा गए सोमवार उत्तर 24 परगना जिल्लामा एक ऐतिहासिक सांस्कृतिक आयोजन गरियो जसले मानिसहरूमाथ देशभक्तिको नयाँ ऊर्जा सञ्चार गरिदियो।
अपरान्ह तीन बजे गोबरडांगाको ऐतिहासिक जमीन्दार घरको प्रांगणमा संस्कार भारती उत्तर 24 परगना जिल्ला एकाईद्वारा सरध सत कण्ठमा वन्देमातरमको सामूहिक गायन प्रस्तुत गरियो। यस कार्यक्रममा 150 जना कलाकारहरूले बंकिमचन्द्र चट्टोपाध्यायद्वारा रचयित अखण्ड वन्देमातरम् गीतको भावपूर्ण अनि गरिमामय गायन गरे।
आयोजनमा जिल्लाका 17 वटा विभिन्न सांस्कृतिक औ सामाजिक संगठनहरूका प्रतिनिधिगण उपस्थित थिए। सबाट मातृभूमिप्रति सम्मान अनि कृतज्ञता प्रकट गरे। यो कार्यक्रम वन्देमातरम् गीत रचना भएको सरधशताब्दी (150 वर्ष)-लाई सम्मान दिने ध्येयले आयोजना गरिएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा