
कोलकाता, 16 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा विशेष गहन पुनरीक्षण (एसआईआर)- को ड्राफ्ट मतदाता सूची मंगलवार प्रकाशित भएको छ। सूची जारी हुनको साथै अब दाबी र आपत्तिसित सम्बन्धित सुनवाई शुरू हुन गइरहेको छ। विशेष कुरा के छ भने ड्राफ्ट सूचीमा नाम दर्ता भए पनि ठूलो संख्यामा मतदाताहरूलाई सुनवाईको लागि बोलाउन सक्छ।
राज्यका मुख्य निर्वाचन अधिकारी मनोज कुमार अग्रवाल अनुसार, सुनवाई अवधि मतदाताहरूसित पहिचान अनि निवाससित सम्बन्धित दस्तावेजहरू माग्न सक्छ। यदि कुन मतदाताले निर्धारित दस्तावेज प्रस्तुत गर्न सकेनन् भने उसको नाम अन्तिम मतदाता सूचीमा सामेल हुन्छ-हुँदैन, यसको फसेला निर्वाचन आयोगले तथ्यहरूको जाँचपछि गर्नेछ।
निर्वाचन आयोग अनुसार, यसपालि लगभग 58 लाख नाम ड्राफ्ट सूचीबाट मेटिएको छ। यसमा ती मतदाताहरू सामेल छन् जसलाई आयोगको रेकर्डमा मृत बताइएको छ जो स्थायी रूपमा स्थानान्तरित भइसकेका छन् जसको ठेगाना थाहा हुन सकेन वा जो एन्युमरेशन अवधि अनुपस्थित रहेका थिए। जुन मतदाताहरूले तय प्रक्रिया अन्तर्गत एन्युमरेशनमा भाग लिएका थिए, उनीहरूको नाम सूचीमा दर्ता छ र यसै सूचीको आधारमा सुनवाईको लागि नोटिस पठाइनेछ।
आयोग मुताविक लगभग 30 लाख यस्ता मतदाताहरू छन् जसको म्यापिङ पूरा हुन सकेको छैन। वर्ष 2002-को पुनरीक्षण प्रक्रियासित जसको लिंक जोड़िन सकेन, तर 2026-को ड्राफ्ट सूचीमा जसको नाम छ, उनीहरूलाई सुनवाईको लागि बोलाउन सक्छ। यस अतिरिक्त आयोगको लजिकल डिस्क्रेपेन्सी सूचीमा सामेल मतदाताहरूलाई पनि नोटिस पठाइनेछ। यस्ता मतदाताहरूको संख्या लगभग एक कड़ोर 67 लाख रहेको बताइएको छ। पिता र पुत्रको उमेरमा असामान्य अन्तरत, पारिवारिक म्यापिंगमा गड़बड़ी वा अन्य तकनिकी असंगतिहरू पाए सुनवाई अनिवार्य हुनेछ। जेण्डरसित सम्बन्धित त्रुटिहरूको मामिलामा पनि मतदाताहरूलाई बोलाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा