जाफराबादमा दुई दाज्यु-भाइको गोली दागी हत्या
जाफराबादमा दुई दाज्यु-भाइको गोली दागी हत्या


नयाँ दिल्ली, 16 दिसम्बर (हि.स.)। उत्तर-पूर्वी जिल्लाको जाफराबाद थाना क्षेत्रमा गए सोमवार राती लगभग 1:40 बजे फायरिंगको सन्त्राषपूर्ण घटना भएको सामु आएको छ। सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो जहाँ एकजना युवकलाई मृत अवस्थामा भेटियो। जाँचमा मृतकको पहिचान जाफराबादनिवासी फैजल (31)- को रूपमा भएको छ।

घटनामा फैजलको दाज्यु नदिम (33) पनि गम्भीर रूपमा घाइते भएका थिए ज सलाई परिवारले तुरून्तै जेपीसी अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। दुई दाज्यु-भाइको हत्याको घटनाले क्षेत्रमा भय व्याप्त भएको छ।

पुलिस अधिकारी अनुसार उक्त मामिलामा पुलिसले हत्याको मुद्दा दर्ता गरेको छ। क्राइम ब्राञ्च अनि फोरेन्सिक टीमले घटनास्थलमा पुगेर नमूना भेला पाऱ्यो। आरोपीहरूको पहिचान र पक्राउको लागि पुलिसले धेरैवटा टीम गठन गरेको छ। पुलिस अनुसार दुवै शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। घटना पछाड़िको कारण अनि आरोपीहरूको बारेमा जानकारी जुटाइँदैछ। मामिलाको जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande