बंगाल-बिहार सीमामा 18 भैंसीको साथ आरोपी पक्राउ
बंगाल-बिहार सीमामा 18 भैंसीको साथ आरोपी पक्राउ


सिलगढ़ी, 16 दिसम्बर (हि.स.)। पुलिसले भैंसी तस्करीको एउटा ठूलो षड़यन्त्रलाई विफल तुल्याउँदै खोरीबाड़ीको बंगाल-बिहार सीमा क्षेत्रबाट 18 भैंसीलाई उद्धार गरेको छ। यस मामिलामा एक आरोपीलाई पक्राउ गरिएको छ। पक्रा परेको आरोपीको नाम नूर मोहम्मद अली हो, जो असमको निवासी हो।

प्रारम्भिक जाँचमा भैंसीहरूलाई तस्करीको उद्देश्यले बिहारबाट असम लगिँदैगरेको थाहा लागेको छ।

पुलिस सूत्रहरू अनुसार, मंगलवार भोर बिहान बंगाल-बिहार सीमा नजिकै चक्करमारी क्षेत्रमा खोरीबारी थाना पुलिसले नाका चेकिङ गरिरहेको थियो। अनुसन्धानको क्रममा एउटा शंकास्पद ट्रकलाई रोकियो, जाँचमा भैंसीसँग सम्बन्धित कुनै पनि वैध कागजातहरू प्रस्तुत गर्न सकिएन, जसपछि ट्रक जफत गरियो र भैंसीहरूलाई आफ्नो कब्जामा लिइयो।

खोरीबारी थाना पुलिस अग्रिम काबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande