
गेजिङ, 16 दिसम्बर (हि.स.)। गेजिङ जिल्लाको दृश्य आकर्षण र जीवन्तता बढाउने उद्देश्यका साथ्ज्ञ गेजिङका जिल्लापाल तेन्जिङ डी डेन्जोङ्पाले आज साँझ गेजिङ शहरको मुटुमा 'आई लभ गेजिङ' साइनेजको उद्घाटन गरे। साइनेजको स्थापना नागरिक गौरव, सौन्दर्यीकरण र पर्यटनलाई प्रवर्द्धन गर्ने जिल्ला प्रशासनको प्रयासको एक हिस्सा रहेको बताइएको छ।
यस अवसरमा जिल्लापालले नागरिक र आगन्तुकहरूलाई स्थल भ्रमण गर्न, शहरको सुन्दरताको कदर गर्न तथा सरसफाई र सजावट कायम राख्न सामूहिक रूपमा योगदान गर्न आग्रह गरे।
साइनेज र वरपरको क्षेत्रको साफ सफाई र मर्मतसम्भारको जिम्मेवारी औपचारिक रूपमा गेजिङ नगर पञ्चायतलाई गेजिङ पुलिससँगको समन्वयमा सुम्पिएको छ।
हिन्दुस्थान समाचार / बिशाल