गान्तोकमा वरिष्ठ नागरिक काव्य मञ्चद्वारा वर्षको अन्तिम काव्य गोष्ठी आयोजित
गान्तोकमा वरिष्ठ नागरिक काव्य मञ्चद्वारा वर्षको अन्तिम काव्य गोष्ठी आयोजित


गान्तोक, 16 दिसम्बर (हि.स.)। वरिष्ठ नागरिक काव्य मञ्च, सिक्किम शाखाले गान्तोकमा आज एक साहित्यिक कार्यक्रम आयोजन गऱ्यो। वर्ष 2025 को अन्तिम काव्य गोष्ठीको रूपमा आयोजित यस कार्यक्रममा राज्यका वरिष्ठ र उदीयमान साहित्यकारहरू सहभागी बनेका थिए।

कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार सुधा एम. राईले गरेकी थिइन्। हालैमा असममा 'काव्यध्वनि' संस्थाद्वारा प्रदान गरिएको डा. नीलम कुमार राष्ट्रिय पुरस्कार 2025 को लागि साहित्यकार राईलाई बधाई र उनको साहित्यिक योगदानको सराहना गरियो।

कार्यक्रममा मञ्चकी अध्यक्ष उषा शर्माले राज्यमा साहित्यको विकास, संरक्षण र यसलाई अगाडि बढ़ाउन सामूहिक जिम्मेवारीमाथि विस्तारपूर्वक आफ्ना विचारहरू राखिन्।

साहित्यकार राईले आफ्नो सम्बोधनमा असमको साहित्यिक र सांस्कृतिक परम्पराहरूको उल्लेख गर्दै भनिन्, असमको संस्कृति यसको जरासॅंग गहिरो रूपमा जोडिएको छ। साहित्यलाई तल्लो तहसम्म जोडेर यसलाई समाजको हरेक वर्गसम्म पुऱ्याइएको छ। सिक्किमले पनि असमको यो सांस्कृतिक चेतनाको शिक्षा लिनु आवश्यक छ।

उनले चिन्ता व्यक्त गर्दै भनिन्, सिक्किमको साहित्यले आज राष्ट्रिय स्तरमा किन अपेक्षित मान्यता प्राप्त गरिरहेको छैन भन्ने कुरा आत्ममन्थनको विषय हो। यदि भविष्यमा राज्यको संस्कृति, परम्परा र साहित्यलाई प्रवर्द्धन गर्ने हो भने यसलाई जमीनी वास्तविकता र मौलिक परम्परासँग जोड्नु आवश्यक छ। उनले केवल कथनमा मात्र सीमित हुनुको सट्टा वास्तविकतालाई स्वीकार गरेर ठोस दिशामा अगाडि बढ्नु आवश्यक रहेको बताइन्।

कार्यक्रममा डा. कविता सुब्बा, भक्ति शर्मा, रूपा तामाङ, मनिका शर्मा, उषा शर्मा र जीविता अश्रुले हिन्दी र नेपाली भाषामा आफ्ना कविताहरू पाठ गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande