
अलिपुरद्वार, 16 दिसम्बर (हि. स.)। नववर्षको स्वागत उत्सवपूर्व पर्यटकहरूको लागि खुशिको खबर आएको छ। यसले बक्सा क्षेत्रका पर्यटन व्यवसायीहरूमा पनि खुशी व्याप्त भएको छ। बाक्सा टाइगर रिजर्भको जंगल सफाली सेवामा तीन वटा नयाँ वाहनहरूलाई जोड़िँदैछ। यी तीनै वटा वाहन राजाभातखावामा तैनाथ रहनेछ भने 25 दिसम्बरपूर्व यसको सेवा शुरू हुनेछ।
बक्सा टाइगर रिजर्भमा जंगल सफारी मुख्य रूपमा जयन्ती र राजाभातखावाबाट संचालित हुन्छ, तर हाल अधिकांश सफारी वाहन जयन्तीमै उपलब्ध छ। राजाभातखावामा अहिलेसम्ममा एउटै पनि सफारी वाहन थिएन। त्यसैले राजाभातखावाका विभिन्न होमस्टेहरूमाबस्ने पर्यटकहरलाई जयन्तीदेखि आउने वाहनहरूमाथि निर्भर रहनुपर्थ्यो। त्यसै कारण अधिकांश पर्यटकहरूको जयन्तीमै बस्न रूचाउँथे। अब राजाभातखावाबाट तीन वटा नयाँ सफारी वाहन शुरू भएपछि यो समस्या समाधान हुनेछ।
अर्कोतिर राजाभातखावाका पर्यटन व्यवसायी अपूर्व घोषले बताए, यसै सप्ताह वाहनको रजिस्ट्रेशन नम्बर पाइनेछ, त्यसपछि सफारी सेवा शुरू गरिनेछ। उनीहरूलाई आशा छ, नयाँ वाहनहरू शुरू भएपछि पर्यटकहरूको संख्यामा उल्लेखनीय वृद्धि हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा