
गान्तोक, 16 दिसम्बर (हि.स.)। 79औं सन्तोष ट्रफी राष्ट्रिय फुटबल प्रतियोगिता 2025 को लागि सिक्किम राज्य टोली मेघालय प्रस्थान गरेको छ। प्रस्थान गर्नु अघि आज राजधानीको फुटबल हाउसमा जर्सी वितरण समारोह सम्पन्न गरियो।
समारोहमा सिक्किम फुटबल एसोसिएशनका अध्यक्ष मेनला इथेन्पाले राज्य टोलीलाई राष्ट्रिय मञ्चमा आफ्नो उत्कृष्ट प्रस्तुतिका लागि प्रोत्साहित गरे। यसैगरी, महासचिव फुर्बा शेर्पा र वरिष्ठ उपाध्यक्ष श्याम प्रधानले खेलाड़ीहरूलाई प्रेरित एवं प्रोत्साहित गर्दै आगामी म्याचहरूका लागि शुभकामना व्यक्त गरे।
यस अवसरमा राज्य टोलीका खेलाड़ीहरूलाई ट्र्याकसुट, ट्राभल टी-शर्ट र दुई सेट जर्सी बितरण गरियो। उक्त प्रतियोगिता आगामी 19 देखि 23 दिसम्बर, 2025 सम्म मेघालयको राजधानी शिलङमा हुनेछ।
सिक्किम राज्य टोलीको अगुवाई प्रमुख प्रशिक्षक ग्याल्छेन डी. मोक्तानले गरिरहेका छन्। टोलीमा आशिष छेत्री सहायक प्रशिक्षक, डा. अनिल कुमार लिम्बू फिजियोथेरपिस्ट र रोहित तामाङ टिम प्रबन्धक रहेका छन्।
सिक्किम फुटबल एसोसिएशनले राज्य टोलीलाई सफल अभियानको लागि हार्दिक शुभकामना व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल