
सिलगढ़ी, 16 दिसम्बर (हि.स)। शिक्षासँगसँगै व्यावहारिक अनुभवको माध्यमबाट विद्यार्थीहरूको ज्ञानलाई अझ समृद्ध पार्ने उद्देश्यले सिलगढ़ी नगरनिगमको पहलमा ‘आलो दिशारी क्याम्प‘-नामक शैक्षणिक भ्रमण आयोजना गरियो। मंगलवार बिहान सिलगढ़ी बोइज हाई स्कूल परिसरबाट सिलगढ़ीका मेयर गौतम देवले हरियो झण्डा देखाएर यस भ्रमणलाई प्रस्थान गराए।
यस कार्यक्रममा मेयर परिषदका सदस्य, नगरनिगमका अधिकारी तथा सम्बन्धित स्कूलहरूका शिक्षक-शिक्षिकाहरू उपस्थित थिए। लगभग 225 जना विद्यार्थीहरूलाई लिएर आयोजित यो भ्रणम माटीगाड़ास्थित उत्तर बंगाल विज्ञान केन्द्रसम्म गरियो। विज्ञान केन्द्रमा विद्यार्थीहरूले दिनभरि नै विज्ञान आधारित विभिन्न प्रदर्शनी, मोडल तथा प्रयोगातमक गतिविधिहरूको माध्यमबाट सिक्ने अवसर प्राप्त गरे। यस अवधि विद्यार्थीहरूको लागि बिहान र दिवा भोजनको व्यवस्था पनि गरिएको थियो। कक्षादेखि बाहिर आएर आनन्दसितले सिक्ने यस पहलबाट विद्यार्थीहरूमा विशेष उत्साह देखियो।
यस अवसरमा मेयर गौतम देवले पत्रकारहरूसित बातचित गर्दै भने, शिक्षालाई किताबहरूसम्म मात्र सीमित नराखेर व्यवहारिक अनुभवको माध्यमबाट पनि सिक्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। उनले बताए, विद्यार्थीहरूले दिनभरि उत्तर बंगाल विज्ञान केन्द्रमा बसेर विभिन्न विषयहरूलाई नजिकबाट हेर्नेछन् अनि बुझ्नेछन्। उनी स्वयं पनि विद्यार्थीहरूसित उपस्थित रहनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा