
मालदा, 16 दिसम्बर (हि.स)। दुई वटा बाइक आपस्तमा ठोक्किँदा एकजना प्राइमरी स्कूलका शिक्षकको मृत्यु भयो। यो दुर्घटना गए सोमवार राती जिल्लाको समसीस्थित भगवानपुर 31 नम्बर राष्ट्रिय राजमार्गमा भएको हो। मृतक शिक्षकको पहिचान रतुआ-2 ब्लकका अड़ाईडांगा उत्तर हरिपुर निवासी बिपुल मण्डल (35) -को रूपमा भएको छ। उनले मेघडुमरा प्राइमरी स्कूलमा पढ़ाउँथे।
परिवार अनुसार विपुल मण्डल आफ्नी पत्नी र 18 दिनको नवजात शिशुसित समसीको गणेशपाड़ामा भाड़ाको घरमा बस्दै आएका थिए। गए सोमवार उनी हरिपुरस्थित आफ्नो पैतृक घरबाट बाइकमा समसी फर्किरहेका थिए। यसै क्रममा भगवानपुर 31 नम्बर राष्ट्रिय राजमार्गमा आइपुग्दा अर्को बाइकले उनको बाइकलाई ठक्कर दियो। ठक्कर लाग्नसाथ बिपुल सड़कमा झरे। स्थानीय मानिसहरूको सहयोगमा उनलाई तुरून्तै समसी ग्रामीण अस्पतालमा लगियो जहाँ उपचारको क्रममा उनको मृत्यु भयो। घटनाको खबर पाउनसाथ समसी आउट पोस्टको पुलिस घटनास्थलमा पुग्यो अनि मामिलाको जाँच गर्न शुरू गऱ्यो। भगौड़ा घातक बाइकको खोजीमा पुलिसले अभियान चलाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा