इथियोपियाको नेशनल प्यालेस म्यूजियम समृद्ध परम्पराको बलियो स्तम्भ: प्रधानमन्त्री मोदी
नेशनल प्यालेस म्यूजियमको भ्रमणको फोटो।


अदीस अबाबा (इथियोपिया), 17 दिसम्बर (हि.स.)। इथियोपियाको नेशनल प्यालेस म्यूजियमको भ्रमण गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, 'अदीस अबाबास्थित नेशनल प्यालेस म्यूजियममा इथियोपियाको इतिहास र संस्कृतिको झलक देखाएकोमा प्रधानमन्त्री अबी अहमद अलीलाई धन्यवाद। यसले इथियोपियाको समृद्ध परम्पराको बलियो सम्झना गराउॅंछ।'

प्रधानमन्त्री मोदीले अन्य एक्स पोस्टमा भने, 'भविष्य उनै साझेदारहरूको हुन्छ, जसले दृष्टिकोण र विश्वासमा आधारित हुन्छ। हामी इथियोपियासॅंग मिलेर यस्ता सहयोगलाई अगाडि बढाउन प्रतिबद्ध छौं, जसले परिवर्तनशील चुनौतीहरूको समाधान गर्नुका साथै नयॉं सम्भावनाहरूको पनि निर्माण गरोस्।'

उनले भने, 'आज जब सारा विश्वको ध्यान ग्लोबल साउथ​तिर छ, यस्तो समयमा इथियोपियाको स्वाभिमान, स्वतन्त्रता र आत्मगौरवको चिरकालीन पम्परा हामी सबैको लागि सशक्त प्रेरणा हो।'

उनले भने, 'मलाई द ग्रेट अनर निशान अफ् इथियोपियाको रूपमा यस देशको सर्वोच्च सम्मान प्रदान गरिएको छ। विश्वको अति प्राचीन र समृद्ध सभ्यताद्वारा सम्मानित हुनु मेरो लागि गौरवको कुरा हो।'

यस अघि प्रधानमन्त्री नरेन्द्र मोदीले इथियोपियाका प्रधानमन्त्री डा. अबी अहमद अलीसॅंग द्विपक्षीय वार्ता गरेका थिए। यस क्रममा भारत र इथियोपियाले आफ्ना सम्बन्धहरूलाई राणनीतिक साझेदारीको स्तरसम्म बढाउन सहमति व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदी तीन देशको चार दिवसीय यात्राको दोस्रो चरण अन्तर्गत मंगलवार इथियोपिया पुगे। इथियोपियाका प्रधानमन्त्री डा. अबी अहमद अलीले अदीस अबाबा अन्तरराष्ट्रिय हवाई अड्डामा मोदीलाई स्वागत गरे। उनले मोदीलाई आफ्नो गाडीमा होटलसम्म लिएर गए।

प्रधानमन्त्री मोदीले यो उनको पहिलो यात्रा भए तापनि आफ्नोपन र आत्मीयताको गहिरो अनुभव भएको बताए, जसले दुई देशबीच हजारौं वर्षको सम्बन्धलाई दर्साउॅंछ। उनले भने, 'यो सम्बन्धले हामीबीच गहिरो मित्रता, सहयोग र आपसी सम्मानलाई आकार दिइरहन्छ।' यस अघि अलीले मोदीलाई विज्ञान संग्रहालय र मैत्री पार्कको भ्रमण गराएका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande