
कोलकाता, 17 दिसम्बर (हि. स.)। पश्चिम बंगाल विधानसभाका नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले गए मंगलवार अबेर राति सोशल मीडिया प्लेटफर्म एक्स (पूर्व ट्वीटर)-मा एउटा पोस्ट गरेका छन् जसमा उनले युवाभारती क्रीड़ांगन मामिलामा विशेष जाँच दल (एसआईटी)-को निष्पक्षतामाथि प्रश्न उठाएका छन्।
आफ्नो पोस्टमा शुभेन्दु अधिकारीले प्रश्न गरे, के मानिसहरूलाई उल्लु बनाउनको लागि एसआईटी गठन गरिएको हो?
उनले अझ आरोप लगाए, के आज एसआईटीका एक जना सदस्य तथा अर्को वरिष्ठ आईपीएस अधिकारी जसलाई आरजी कर मामिलामा हटाइएको थियो, माझ एक बैठक सम्पन्न भयो जसमा शो कज नोटिस प्राप्त गर्ने सबैभन्दा वरिष्ठ उम्मेद्वारलाई जवाफ तयार गर्ने सल्ला तथा मसौदा तयार गर्नमा मद्दत गरियो?
शुभेन्दु अधिकारीले आफ्नो पोस्टमा अझ लेखे, आज जारी गरिएको एसआईटी तथा शो कज नोटिस बंगालका मानिसहरूको ध्यान अर्कोतिर मोड़्नको लागि एउटा धोका हो।
उनले आफ्नो पोस्टमा बंगालका राज्यपाल, मुख्यमन्त्री तथा गृह विभागलाई ट्याग गरेका छन्।
यो समाचार लेखुञ्जेलसम्म यी आरोपहरूलाई लिएर सरकार वा सम्बन्धित अधिकारीहरूको पक्षबाट कुनै प्रतिक्रिया आएको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा