
पलवल, 18 दिसम्बर (हि.स.)। सोशल मीडियाको माध्यमबाट मित्रता गाँसी मूल्यवान गिफ्ट पठाइदिने प्रलोभन देखाएर साइबर ठगहरूले एकजना युवतीबाट 56 लाख रुपियाँ ठगेको घटना सामु आएको छ। पीड़िताको सिकायतमा साइबर क्राम थाना पुलिसले अज्ञात आरोपीविरूद्ध मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
साइबर क्राइम थाना प्रभारी नवीन कुमारले बिहीवार बताए, न्यू कलोनी निवासी युवती गौरीको सम्पर्क इन्स्टाग्राममा एक म्यारिज ब्यूरोको विज्ञापनको माध्यमबाट मनराज सिंंह नामक व्यक्तिसित भएको थियो। बातचित गर्दै जाँदा आरोपीले आफूलाई सम्पन्न बताउँदै युवतीलाई महँगो उपहार पठाइदिने बतायो। युवतीले अस्वीकार गर्दा पनि आरोपीले दाबी गऱ्यो, उसले उपहार पहिला नै पठाइसकेको छ र फर्काउन मिल्दैन।
केही समयपछि युवतीलाई कुनै अज्ञात नम्बरबाट कल आयो। फोन गर्नले आफूलाई एयरपोर्ट अथोरिटीको अधिकारी बताउँदै भन्यो, उसको नाममा एउटा पार्सल आएको छ जसलाई क्लियर गराउनको लागि 25 हजार रुपियाँको ट्रान्सपोर्टेशन शुल्क दिनुपर्छ। त्यसपछि ठगले युवतलाई यसो भन्दै डर एवं प्रलोभन देखायो, पार्सलमा प्रचुर मात्रामा सुन छ जसलाई छोड़ाउनको लागि ट्याक्स र अन्य शुल्क दिनुपर्छ।
आरोपीहरूले अलग-अलग बहानामा युवतीवाट किस्तामा 56 लाख रुपियाँ ठगे। ठग्दै गर्दा आरोपीहरूले ओटीपी पठाउँथे अनि प्रमाण मेटाउनको लागि युवतीलाई डिलीट गर्न लगाउँथे। सिकातमा यो कुरा पनि खुलासा भएको छ, आरोपीहरूले आफ्नो पहिचान लुकाउनको लागि जाली फोटो प्रयोग गरे। साइबर क्राइम थाना पलवल पुलिसले अज्ञातविरूद्ध मुद्दा दर्ता गरी जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा