
आज़मगढ़, 18 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको आज़मगढ़ जिल्लामा बिहीवार बिहान मुबारकपुर थाना क्षेत्रमा घना कुहिरोको कारणले पूर्वाञ्चल एक्सप्रेसवेको माइलस्टोन-254 मा ट्रकले कारलाई भयानक ठक्कर दियो। यस घटनामा पिता-पुत्र सहित तीनजनाको घटनास्थलमै मृत्यु भयो भने अन्य चारजना मानिसहरू घाइते भए।
सीओ सदर आस्था जायसवालले बताइन्, मेरठ जिल्लाको थाना सरधना, ग्राम अलिपुर निवासी सातजना मानिसहरू ओमनी कारमा सवार भएर वारणसी तर्फ गइरहेका थिए। आजमगढ़ जिल्ला भएर गुज्रिँदै गर्दा पूर्वाञ्चल एक्सप्रेसवेको माइलस्टोन-254 निकट मुबारकपुर थाना अन्तर्गत एउटा ट्रकले कारलाई पछिबाट ठक्कर दियो। ठक्कर भयंकर भएको काकरणले कार पूर्ण रूपले क्षतिग्रस्त हुनको साथै कारमा सवार अबोध बालक सहित तीनजनाको मृत्यु भयो। मृतकहरूको पहिचान विशेष (40) पुत्र ओमवीर, उनका छोरा प्रिन्स (10) र एकजना अज्ञात व्यक्ति सामेल छन्। यसरी नै मृतक विशेषकी पत्नी डाली(32), उनकी पुत्री अंशिका, पुत्र कार्तिक (12) र कार चालक सत्या घाइते भएका छन्। सूचना पाउनसाथ यूपीडा र पीआरवी सहित मुबारकपुर थानाध्यक्ष शशिमौली पाण्डेय पुलिस टीमसितै घटनास्थलमा पुगे। घना कुहिरोबीच राहत अनि बचाउ कार्य शुरू गरियो। सबै घाइतेहरूलाई जिल्ला अस्पतालमा भर्ती गरियो। घाइतेहरूमा कार्तिकको अवस्था गम्भीर रेहको बताइएको छ।
सीओ सदरले बताइन्, मृतकहरूको शवलाई कब्जमा लिएर पोस्टमर्टम गर्नको लागि पठाएर कारबाही गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा