शिक्षक संगठनले अनित थापाको आह्वानमा विद्यालय बन्दको निर्णय स्थगित गऱ्यो
Teacher association


दार्जिलिङ, 18 दिसम्बर (हि.स.)। संयुक्त माध्यमिक शिक्षक संगठनको केन्द्रिय समितिले जीटीए मुख्य कार्यपाल अनित थापाको आह्वानलाई स्वीकार गर्दै विद्यालय बन्दको निर्णयलाई स्थगित गरेको छ। कोलकाता उच्च न्यायालयले एउटा याचिकामाथि सुनवाई गर्दै 313 शिक्षकहरूको नियुक्तिलाई खारेज गरेको थियो। यसको विरोधमा संगठनले जीटीए क्षेत्रका विद्यालयहरू निश्चितकालीन बन्दको घोषणा गरेको थियो।

यद्यपि, बिहिवार जीटीएका प्रमुख कार्यपाल अनित थापाले भानु भवन दार्जिलिङको एक सभामा आफु शिक्षक शिक्षिकाहरुको साथमा रहेको र उनीहरूको नोकरी बचाउनको निम्ति जुनै हदसम्म पनि जाने आश्वासन दिए। उनले विद्यालयहरु बन्दको निर्णयलाई फिर्ता लिने आह्वान् गरेपछि संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रिय समितिले उनको आह्वानलाई स्वीकार गर्दै विद्यालय बन्दको निर्णयलाई स्थगित गरेको छ।

बोर्ड परीक्षाको मुखमा विद्यार्थीहरुको भविष्यलाई मध्यनजर राख्दै एवं जीटीएका मुख्य कार्यपाल अनित थापाको आश्वासनलाई शिरोपर गर्दै यस निर्णयलाई स्थगित मात्र गरेर आगामी दिनमा पुनः यसलाई निरन्तरता दिन सक्ने पनि विज्ञप्तिमा जनाइएको छ। भोलिदेखि विद्यालयको सम्पूर्ण कामकाज सुचारु रुपमा चल्ने संयुक्त माध्यमिक शिक्षक संगठन, केन्द्रिय समितिका उप सभापति विवेक छेत्रीले प्रेस विज्ञप्तिमा बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande