
मुर्शिदाबाद, 18 दिसम्बर (हि.स.)। भारत-बंगलादेश अन्तर्राष्ट्रिय सीमामा तैनाथ सीमा सुरक्षा बल (बीएसएफ)- को दक्षिण बंगाल सीमान्तको 149औं वाहिनीले ठूलो सफलता हासिल गर्दै मादक पदार्थ कोकिनको खेपलाई जफत गरेको छ। गुप्त सूचनाको आधारमा गरिएको स कारबाहीमा 316 ग्राम कोकिन जफत गरिएको छ जसको अन्तर्राष्ट्रिय बजारमा अनुमानित मूल्य 1.5 कड़ोर रुपियाँ रहेको बताइँदैछ।
बीएसएफको 149औं वाहिनीको सीमाचौकी लवंगोलाका जवानहरूलाई सूचना प्राप्त भएको थियो, ग्राम चर बिनपारामा एकजना व्यक्तिको घरमा मादक पदार्थलाई लुकाएर राखिएको छ। त्यसपछि जवानहरूले कारबाही गर्दै क्षेत्रमा खोजी अभियान संचालन गरे। गाउँका दुई स्वतन्त्र गवाहीको उपस्थितिमा घर र यस वरपरका क्षेत्रहरूको गहन खोजी गरियो जसावधि घरदेखि लगभग दुई मीटर टाड़ा एक संदिग्ध प्याकेट भेटियो। उक्त प्याकेटलाई खोलेर ह्रेर्दा त्यसमा कोकिन भेटियो। यस सिलसिलामा कसैलाई पनि पक्राउ गरिएको छैन। जफत गरिएको मादक पदार्थलाई विधिसम्मत प्रक्रिया अन्तर्गत अग्रिम कानूनी कारबाहीको लागि सम्बन्धित विभागलाई सुम्पिइएको छ।
दक्षिण बंगाल सीमान्तका जनसम्पर्क अधिकारीले बताए, भारत-बंगलादेश सीमामा तस्करीलाई रोक्नको लागि बीएसएफ जवानहरूले पूर्ण सतर्कता अनि प्रतिबद्धताको साथमा लगातार ड्यूटी गरिरहेका छन्। निरन्तर निगरानी तथा राजनीतिक अभियानहरूको कारणले तस्करीका ठूल्ठूला प्रयासहरूलाई असफल बनाइँदैछ। बीएसएफ सीमावर्ती क्षेत्रमा सुरक्षा सुनिश्चित गर्नको लागि पूर्ण रूपले प्रतिबद्ध छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा