
दार्जिलिङ, 18 दिसम्बर (हि.स.)। कोलकाता उच्च न्यायालयको प्रिन्सिपल बेन्चले नियुक्ति अवैध ठहऱ्याएर नोकरी खारेज गरिएका ३१३ जना शिक्षकले आज दार्जिलिङमा न्यायको माग गर्दै ऱ्याली निकालेका छन्। आफूहरू योग्य हुँदाहुँदै पनि न्यायालयले विपरीत फैसला सुनाएको उनीहरूका भनाइ छ।
उनीहरूले सम्बन्धित निकाय र पश्चिम बङ्गाल सरकारबाट न्यायको माग गरेका छन्। शिक्षकहरूले आफूहरू न्यायका लागि सडकमा ओर्लेको र न्यायका लागि अन्तिम साससम्म लड्ने बताएका छन्। भोलिका दिनमा ३१३ जना शिक्षकहरूलाई न्यायालयको फैसलाअनुसार नोकरीबाट हटाइएका खण्डमा जीटीए क्षेत्रका विद्यालयहरू शिक्षकविहीन हुने पनि उनीहरूका भनाइ छ।
उक्त ऱ्याली दार्जिलिङको रेलवे स्टेशनबाट शुरु भएर भानु भवन पुगेपछि एक सभामा परिणत भएको थियो। शिक्षिकाहरुले न्यायको माग गर्दै आफुहरु अवैध हो भने वैध चै को हुन् भन्दै प्रश्न गरे। शिक्षकहरूको सभालाई जीटीए प्रमुख अनित थापा, कालेबुङका विधायक रूदेन सादा लेप्चा, केशवराज पोख्रेल आदिले सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक