खरसाङमा प्रि क्रिसमस ऱ्यालीको साथमा क्यारोल गीतहरुको प्रस्तुति
Rally


खरसाङ, 18 दिसम्बर (हि.स.)। खरसाङका विभिन्न चर्चहरुले आज प्रि क्रिसमस पालन गर्दै खरसाङमा‌ ऱ्याली निकाले। खरसाङ बजार क्षेत्रका विभिन्न चर्चहरुद्वारा खरसाङको टुरिस्ट लजदेखि हिल कार्ट रोड, वर्द्धमान रोड हुॅंदै मोटर स्ट्याण्ड र रेलवे स्टेशन परिसरसम्म प्रि क्रिसमस ऱ्यालीको आयोजना गरियो।

रेलवे स्टेशन परिसरमा आएर प्रि क्रिसमस महोत्सवको रुपमा पालन गरिएको थियो। यस अवसरमा विभिन्न चर्चका धर्मावलम्बीहरुले क्रिसमसका क्यारोल गीतहरु गाउनुका साथै सबैमा क्रिसमसको शुभकामना व्यक्त गरे। यसरी नै रेलवे स्टेशन परिसरमा प्रि क्रिसमस महोत्सव अन्तर्गत विभिन्न कार्यक्रमहरु आयोजना गरियो।

खरसाङका वरिष्ठ पास्टर रेभरेन्ट अजय छेत्रीले सबैमा क्रिसमसको शुभकामना व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande