
सिलगढ़ी, 18 दिसम्बर (हि.स)। सिलगढ़ीको बंगाल सफारी पार्कमा हर्ष छाएको छ। बाघिन तनयाले एकैचोटि तीन वटा बच्चालाई जन्माएकी छे। यसरी सूरज र तनया अब चार वटा बच्चाहरूको माता-पिता भएको छ।
बंगाल सफारीका निदेशक ई. विजय कुमारले यस आशयको जानकारी गराउँदै भने, हामी सफारीका नयाँ सदस्यहरूको आगमनमा धेर खुशी छौं। बच्चाहरू आफ्नै आमासित क्ललमा छन्। तनयालाई पौष्टिक आहार दिइँदैछ जसको निगरानी डाक्टरहरूले गरिरहेका छन्। त्रिपुराको सिपाहीजाला चिड़ियाघरबाट यी दुई बाघ र बाघिनको जोड़ीलाई ल्याइएको थियो। पहिलो पटक जन्मेका तीन वटा शावकहरूमध्ये दुई वटाको मृत्यु भएको थियो भने एउटालाई बचाइएको थियो। त्यसपछि बाघिनी तनया फेरि गर्भवती भई। यसपालि सले तीन वटा बच्चाहरूलाई जन्म दिएकी छे। अब सफारी पार्कमा बाघहरूको संख्या बढ़ेर 6 पुगेको छ। आमा र बच्चाहरू हाल स्वस्थ छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा