ग्राम रोजगार विधेयकमाथि ममताको केन्द्रमाथि प्रहार, गान्धीको नाममा हुनेछ बंगालको रोजगार योजना
ग्राम रोजगार विधेयकमाथि ममताको केन्द्रमाथि प्रहार, गान्धीको नाममा हुनेछ बंगालको रोजगार योजना


कोलकाता, 18 दिसम्बर (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले बिहीवार केन्द्र सरकारमाथि चर्को प्रहार गर्दै भनिन्, राज्यको ग्रामीण रोजगार ग्यारन्टी योजनाको नाम महात्मा गान्धीको नाममा राखिनेछ। उनले आरोप लगाइन्, केन्द्रको भाजपा सरकारले 20 वर्ष पुरानो महात्मा गान्धी राष्ट्रिय ग्राम रोजगार विधेयकलाई समाप्त गरी नयाँ ग्राम रोजगार विधेयकलाई ल्याएर राष्ट्रपिताको नामलाई हटाउने प्रयास गरिरहेको छ।

कोलकातामा आयोजित एक व्यापार औ उद्योग सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भनिन्, यदि कुनै राजनीतिक दल राष्ट्रिय प्रतीकहरूप्रति सम्मान देखाउनमा विफल हुन्छ भने उनको सरकारले यो जिम्मेवारी निर्वाह गर्नेछ। लोकसभामा विकसित भारत ग्रामीण रोजगार तथा आजीविका मिशन विधेयक पारित भएको उल्लेख गर्दै ममता ब्यनर्जीले भनिन्, उनलाई यस कुरामाथि लज्जा महसूस हुन्छ कि देश अब राष्ट्रपिता महात्मा गान्धीलाई पनि भुल्ने दिशामा अग्रसर भइरहेको छ।

मुख्यमन्त्रीले घोषणआ गरिन्, राज्य सरकारको कर्मश्री योजनाको नाम अब महात्मा गान्धीको नाममा राखिनेछ। कर्मश्री योजना अन्तर्गत राज्य सरकारले आफ्ना संसाधनहरूबाट लाभार्थीहरूलाई 75 दिसम्म काम उपलब्ध गराइरहेको छ जबकि केन्द्र सरकारले मनरेगा अन्तर्गत पाइने राशिलाई रोकेर राखेको छ। ममता ब्यनर्जीले यो पनि भनिन्, भविष्यमा कर्मश्री योजना अन्तर्गत कार्यदिवसहरूको संख्या बढ़ाएर सय दिन बनाउने लक्ष्य राखिएको छ।

मुख्यमन्त्रीले स्पष्ट शब्दमा भनिन्, यदि केन्द्र सरकारले धनराशि रोके पनि राज्य सरकारले यो सुनिश्चित गर्नेछ कि मानिसहरूले रोजगार पाइरहुन्।उनले भनिन्, राज्य सरकारले कसैको अगाड़ि हात फैलाउनेवाला छैन। आफ्नो बल-बुँतामा रोजगार सृजना गर्न जारी राख्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande