
नयाँ दिल्ली, 18 दिसम्बर (हि.स.)। दिल्लीका पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसाले भने, आजदेखि प्रदूषण नियन्त्रण प्रमाणपत्र (पीयूसीसी) बिनाका वाहनहरूलाई पेट्रोल पम्पमा इन्धन दिइनेछैन। यसैलाई सुनिश्चित गर्नको लागि आज मन्त्री सिरसाले दिल्ली-गुरूग्राम बोर्डर, जिल्ला सहित विभिन्न स्थानहरूमा अवस्थित पेट्रोल पम्पहरूको निरीक्षण गरे। उनले मानिसहरूसित बातचित गरे ्अनि पेट्रोल पम्पमा कार्यरत कर्मचारीहरू तथा संचालकहरूसित पनि व्यवस्थालाई लिएर चर्चा गरे।
सिरसाले भने, दिल्ली सरकारले प्रदूषणविरूद्ध कड़ाभन्दा कड़ा कदम उठाइरहेको छ। नियमहरूलाई कड़ाई पूर्वक पालन गराउनको लागि सम्बन्धित एजेन्सीहरूको संयुक्त टीमलाई तैनाथ गरिएको छ। उनले प्रदूषणविरूद्ध यस महाअभियानमा आफ्नो सहयोग दिने आग्रह दिल्लीवासीहरूसित गरे। उनले भने, यदि तपाईहरूको पीयूसीसी सर्टिफिकेट बनिएको छैन भने त्यसलाई तुरून्त बनाउनुहोस्। हामी सबैको स-सानो प्रयासले नै दिल्लीलाई एक स्वच्छ र सुरक्षित भविष्य दिनेछ। सिरसाले भने, पीयूसीसी अनुपालनको सन्दर्भमा पेट्रोल पम्पहरूमाथि कड़ा अभियान संचालन गरिँदैछ र उल्लंघन भएको पाइए तुरून्तै कारबाही गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा