सड़क दुर्घटनामा मन्दिरका पुजारीको मृत्यु
सड़क दुर्घटनामा मन्दिरका पुजारीको मृत्यु


नोएडा, 18 दिसम्बर (हि.स.)। थाना सूरजपुर क्षेत्रमा भएको एक सड़क दुर्घटनामा एक पुजारीको मृत्यु भएको छ। घटनाको रिपोर्ट दर्ता गरी पुलिसले मामिलाको जाँच गरिरहेको छ।

थाना सूरजपुरका प्रभारी निरीक्षक विनोद कुमारले बताए, हिजो राति रामलालका छोरा घनश्याम शुक्लाले थानामा रिपोर्ट दर्ता गराए जसमा उनका साढ़ू भाई कुलदीप मिश्रा मोटरसाइकलमा साईड फोरमा रहेको शक्ति मन्दिरमा पूजा गर्न जाँदै थिए। उनले भने, पीड़ितका साढ़ू भाई इन्टा-वन सेक्टरको पाँच नम्बरको गेटमा पुग्ने बित्तिकै एक अज्ञात चालकले तीव्र गतिमा र लापरवाहीपूर्वक गाड़ी चलाएर उनलाई ठक्कर दियो।

उनले भने, कुलदीप मिश्रालाई गम्भीर अवस्थामा उपचारको लागि अस्पताल भर्ती गरिएको थियो, जहाँ उनको हिजो राति मृत्यु भयो। घटनाको रिपोर्ट दर्ता गरेपछि पुलिसले यस मामिलाको जाँच गरिरहेको छ। पीड़ित अनुसार, उनका साढ़ू भाई मूल रूपमा बान्दा जिल्लाका हुन्। उनी मन्दिरमा पुजारीको रूपमा काम गर्थे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande