
मङ्पू, 18 दिसम्बर (हि.स.)। कलकत्ता उच्च न्यायालयले ३१३ जना शिक्षकहरूको नियुक्तिलाई अवैध ठहर गर्दै नियुक्ति खारेज गरेपछि आज पहाडको शिक्षा क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको छ। फैसलापछि आक्रोशित बनेका ३१३ जना शिक्षकहरू आज सडकमा उत्रिँदै विरोध प्रदर्शन गरेका थिए।
यस विषयमा प्रतिक्रिया दिँदै भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीब लामाले ३१३ जना शिक्षकहष् मध्ये कतिपयले नेताहरूलाई पैसा बुझाएर अवैध रूपमा शिक्षक नियुक्ति पाएको गम्भीर आरोप लगाएका छन्। उनले यो प्रकरणले शिक्षा प्रणालीमा व्यापक भ्रष्टाचारको संकेत गरेको भन्दै सम्पूर्ण विषयको निष्पक्ष र गहिरो छानबिनका लागि केन्द्रिय अनुसन्धान ब्युरो (सीबीआई) मार्फत जाँच गरिनुपर्ने माग गरेका छन्।
लामाले दोषी जो–कोही भए पनि कडा कारबाही हुनुपर्छ र योग्य तथा निर्दोष शिक्षकहरूको हक र अधिकार सुरक्षित गरिनुपर्छ भनी बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक