
मुम्बई, 18 दिसम्बर (हि.स.)। महाराष्ट्रको बम्बई उच्च न्यायालय र बान्द्रा न्यायालयमा बिहीवार बमले उड़ाउने धम्की दिइएको कारणले खैलाबैला मचियो। दुवै न्यायालयको कामकाजलाई आज अपरान्ह 3 बजेसम्मको लागि स्थगित गरियो। पुलिसले बम निरोधक दल सहित दुवै स्थानमा गहन जाँच गऱ्यो कुनै प्रकारको संदिग्ध वस्तु पाइएन, त्यसपछि पुलिस सहित अन्य मानिसहरूले राहत महसूस गरे।
पुलिसले यस मामिलामा झुटो धम्की पठाउनेहरूलाई द्रूत गतिमा खोजिरहेको छ। मामिलाको जाँच गरिरहेका पुलिस अधिकारीले बताए, बम्बई उच्च अदालतको दक्षिण बम्बईस्थित बिल्डिंगलाई बमले उड़ाउने धम्कीपूर्ण ई-मेल आज बिहान बम्बई उच्च अदालतको वेबसाइटमा आएको थियो। ई-मेलमा लेखिएको थियो, हामी हाई कोर्टलाई मात्र नभएर सबै कोर्टहरूलाई बमले उड़ाइ दिनेछौं। न्यायालय प्रशासनले यस आशयको जानकारी तुरून्तै मुम्बई पुलिस कन्ट्रोल रूमलाई दियो। त्यसपछि पुलिस बम स्क्वायडको साथमा घटनास्थलमा पुगेर न्यायालय परिसरको कुना-काप्चा सबैतिर खोज्यो, तर कतै केही भेटेन। त्सपछि पुलिस र मानिसहरूले राहतको सास फेरे।
पुलिस सूत्रले बतायो, आज बिहान बान्द्रा अदालतलाई बमले उड़ाउने धम्कीपूर्ण ई-मेल प्राप्त भएको थियो। धम्कीमाथि मुम्बई पुलिसले तुरून्तै एक्शन लियो अनि कोर्टमा सिक्योरिटी तैनाथ गरिएको छ। मुम्बई पुलिस र बम स्क्वायड घटनास्थलमा पुगेर सम्पूर्ण परिसरको जाँच गऱ्यो। तर जाँचमा त्यस्तो संदिग्ध केही पनि भेटिएन। मुम्बई पुलिसले जाँच सम्पूर्ण मामिलाको जाँच शुरू गर्दै धम्कीपूर्ण ई-मेल पठाउनेको श्रोत पत्तो लगाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा