हत्याका चार दोषीलाई आजीवन कारावास, 40 हजार रूपियाँ जरिमाना
हत्याका चार दोषीलाई आजीवन कारावास, 40 हजार रूपियाँ जरिमाना


बान्दा, 18 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको बान्दा जिल्लाको थाना मटौंध क्षेत्रमा 2021 मा भएको छुरा प्रहारको घटनामा अदालतले चार जना अभियुक्तलाई आजीवन कारावास र कूल 40 हजार रूपियाँ जरिमानाको सजाय सुनाएको छ।

प्राप्त जानकारी अनुसार, 15 नोभेम्बर 2021 मा थाना मटौंध क्षेत्रको भूरागढ़ निवासी शहजादका छोरा रियाज खान उर्फ पप्पु, शहजादकी छोरी अन्जुम खान उर्फ नूरी, अनवरका छोरा विलु उर्फ अरबाज र मुन्नूका छोरा शैलेन्द्रले सोही गाउँका एक व्यक्तिलाई आक्रमण गरी हत्या गरेका थिए। मृतकका भाइ जय सिंहको उजुरीको आधारमा भारतीय दण्ड संहिताको धारा 302/34 अन्तर्गत थाना मटौंधमा मुद्दा दर्ता गरिएको थियो।

थाना मटौंधका तत्कालीन प्रभारी निरीक्षक अरविन्द सिंह गौरले मुद्दाको अनुसन्धान गरेका थिए। अनुसन्धानको क्रममा प्रस्तुत गरिएका प्रमाणहरूको आधारमा 25 अगस्त 2022 मा अदालतमा आरोपपत्र पेश गरिएको थियो।

सरकारी वकिल मनोज कुमार दीक्षित र रामकुमार सिंहले अदालतमा मुद्दाको प्रभावकारी रूपमा प्रतिनिधित्व गरे। बान्दा अदालतले चारै जना अभियुक्तहरूलाई दोषी ठहर गर्दै आजीवन कारावास र कुल 40 हजार रूपियाँ जरिमानाको सजाय सुनाएको छ। सरकारी वकिल मनोज दीक्षितले बिहीवार यो जानकारी दिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande