“सुजल ग्राम संवाद” को दोस्रो संस्करणले तृणमूल स्तरमा जल शासनलाई सुदृढ़ बनाउने
“सुजल ग्राम संवाद” को दोस्रो संस्करणले तृणमूल स्तरमा जल शासनलाई सुदृढ़ बनाउने


नयाँ दिल्ली, 18 दिसम्बर (हि.स.)। जलशक्ति मन्त्रालय अन्तर्गत पेय जल एवं स्वच्छता (डीडीडब्लुएस) विभागले 19 दिसम्बरको दिन सुजल ग्राम संवादको दोस्रो संस्करण आयोजित गर्नेछ। यस महत्त्वपूर्ण पहलले केन्द्र सरकार अनि ग्रामीण समुदायबीच प्रत्यक्ष संवादको बहुभाषी मञ्चका रूपमा काम गर्नेछ। उक्त जानकारी आज पीआईबीले दिएको छ।

कार्यक्रममा केन्द्रिय जलशक्ति मन्त्री सीआर पाटिल अनि केन्द्रिय जलशक्ति राज्यमन्त्री भी सोमन्नाले बिहान 11.00 बजेदेखि शुरु हुने भिडियो कन्फरेन्सिङको माध्यमद्वारा लाभार्थी अनि हितधारकहरूसँग संवाद गर्नेछन्। सुजल ग्राम संवाद नीति निर्मा अनि तृणमूल स्तरबीच सेतुका रूपमा काम गर्न तयार गरिएको बिछुट्टै प्रकारको पहल हो।

क्षेत्रीय भाषाहरूमा संवाद आयोजित गरी, कार्यक्रमले महिला, ग्रामीण जल एवं स्वच्छता समितिका (भीडब्लुएससी) सदस्य, विद्यार्थी अनि समुदायका नेतृत्त्वसहितका ग्रामीण प्रतिनिधिबीच क्षेत्रीय भाषामा संवाद आयोजि गरी “हर घर जल” सम्बन्धी आफ्नो अनुभव आफ्नै भाषामा साझा गर्न सुनिश्चित गर्दछ।

18 नोभेम्बर 2025 मा 12 वटा राज्य अनि केन्द्र शासित प्रदेश समेट्दै 12 वटा भाषामा आयोजित प्रथम संवादको सफलतापछि, दोस्रो संस्करण आठवटा विशेष राज्यमा केन्द्रित रहनेछ। निर्बाध सञ्चार सुनिश्चित गर्न, डीडीडब्लुएसले प्रतिभागी गाउँहरूका स्थानीय भाषामा पोख्त विशेष अधिकारी अनि सल्लाहकारहरूलाई खटाएको छ।

कार्यक्रमको विवरण :मिति : 19 दिसम्बर, 2025समय : 11.00 बजे बिहानमाध्यम : भिडियो कन्फरेन्सिङ

गाउँका प्रमुख प्रतिभागीहरू : पञ्चायत सभापति, ग्राम पञ्चायतकर्मी, जेजेएम लाभार्थी, भीडब्लुएससी सदस्य, महिला समूह अनि समुदायका नेतागण।

सिक्किमजिल्ला: पाकिमगाउँ: पाचेखानी

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande