
गान्तोक, 2 दिसम्बर (हि.स.)। सिङताम पुलिसले एक महिला तस्करलाई भारी मात्रामा प्रतिबन्धित लागुऔषधको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने महिलाको नाम रोशनी छेत्री बताइएको छ। 31 वर्षीय आरोपी मूलरूपमा कालेबुङ निवासी हुन् भने हाल डॉंड़ागाउॅं, सिङताममा बस्दै आएकी छिन्।
पुलिस रिपोर्टका अनुसार, राष्ट्रिय राजमार्ग 10 अन्तर्गत भानु पार्क क्षेत्रमा सोमवार एक महिला संदिग्ध स्थितिमा घुमिरहेको विश्वसनीय सूत्रहरूबाट पुलिसलाई सूचना प्राप्त भयो। सूचनाको आधारमा महिला पुलिस कर्मीसहित पुलिस दल राष्ट्रिय राजमार्ग 10 अन्तर्गत भानु टर्निङ पुग्यो र झोलाका साथ महिलालाई रोक्यो। सोधपुछको क्रममा महिलाको पहिचान रोशनी छेत्रीको रूपमा भयो।
साडा, 2006 का प्रावधानहरू अन्तर्गत गरिएको छानबिनको क्रममा नौंवटा पारदर्शी पोलेथिन क्यारी ब्यागमा 1296 वटा स्पास्मो स्पास्मो क्याप्सुल र 11 वटा कालो रङ्गको पोलेथिन क्यारी ब्यागमा 1584 क्याप्सुल बरामद गरियो। प्रतिबन्धित लागुऔषधहरू राब्दाङका एसडीएम र दुईजना स्वतन्त्र साक्षीको उपस्थितिमा जफत गरियो।
यस घटनाको सम्बन्धमा सिङताम पुलिस थानामा आरोपी महिला विरुद्ध साडा, 2006 र साडा (संशोधन), 2017 अन्तर्गत मामिला दर्ता गरिएको छ। पुलिसले महिलाको जॉंच गरिरहेको छ।
हिन्दुस्थान समाचार / बिशाल