जीएमसी हंदवाडासित सम्बद्ध अस्पतालका जूनियर रेजिडेन्ट डाक्टर तत्काल प्रभावदेखि निलम्बित, जाँचको लागि पाँच सदस्यीय समिति गठित
जीएमसी हंदवाडासित सम्बद्ध अस्पतालका जूनियर रेजिडेन्ट डाक्टर तत्काल प्रभावदेखि निलम्बित, जाँचको लागि पाँच सदस्यीय समिति गठित


हंदडवाडा, 20 दिसम्बर (हि.स.)। सरकारी मेडिकल कलेज हंदवाडासित सम्बद्ध अस्पतालका एक जना जूनियर रेजिडेन्ट डॉक्टरलाई तत्काल प्रभावदेखि निलम्बित गरिएको छ। यो निलम्बन त्यसबेला भएको हो जतिबेला अस्पताल परिसर बाहिर एक जना रोगीलाई ट्रलीमा बेवारिसे अवस्थामा देखाएको एउटा भीडियो सामु आयो। सोशल मीडिया प्लेटफर्ममा व्यापक रूपमा साझा गरिएको यो फुटेज भाइरल भएपछि बढ़्दो चिन्तालाई मध्यनजर गर्दै तत्काल प्रशासनिक कारबाही गरियो।

अधिकारीहरूले बताए, डाक्टर, जोसित अस्पताल सुरक्षा प्रभारीको अतिरिक्त प्रभार पनि थियो,- लाई प्रशासनद्वारा आदेशित तत्काल जाँचको परिणााम नआउञ्जेलसम्म निलम्बन गरिनेछ। अधिकारीहरूले भने, भाइरल क्लिपले अस्पतालमा रोगीहरूको हेरचाह अनि आन्तरिक निगरानीलाई लिएर गम्भीर प्रश्न उठाएको छ।

वरिष्ठ डाक्टर औ प्रशासकहरू सामेल रहेको पाँच सदस्यीय समितिको गठन समयबद्ध जाँच गर्नको लागि गरिएको हो। समितिलाई घटनाक्रमको जाँच गर्न अनि एक दिनभित्रमा आफ्नो रिपोर्ट प्रस्तुत गर्ने निर्देश दिइएको छ। अस्पतालका अधिकारीहरूले भने, समितिको निष्कर्षको आधारमै अग्रिम कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande