राजधानी एक्सप्रेससित ठोक्किएर सात वटा हात्तीको मृत्यु
राजधानी एक्सप्रेससित ठोक्किएर सात वटा हात्तीको मृत्यु


नगाउँ (असम), 20 दिसम्बर (हि.स.)। असमको लामडिंग मण्डल अन्तर्गत कामपुड़–जमुनामुख रेलखण्डको चांजुराई क्षेत्रमा दिल्ली तर्फ गइरहेको राजधानी एक्सप्रेसको चपेटमा परी सात वटा हात्तीहरूको पीड़ादायी मृत्यु भयो। यो दुर्घटना त्यसबेला भएको हो जतिबेला द्रूत गतिको राजधानी एक्सप्रेस हात्तीहरूको बथानसित ठोक्कियो जसले रेलवे ट्र्याक पार गरिरहेको थियो।घटनापछि घटनास्थलमा कोकोहोलो मचियो। यो क्षेत्रलाई हात्तीहरूको आवागमनको लागि संवेदनशील क्षेत्र मानिने भए पनि यस किसिमको दुर्घटनाले केही प्रश्नहरू उठाएको छ।

सूचना पाउनसाथ वन विभाग र पूर्वोत्तर सीमान्त रेलवेका अधिकारीहरू घटनास्थलमा पुगे। दुर्घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको खबर प्राप्त भएको छैन। तर केही समयको लागि भने रेल यातायात प्रभावित भयो। घटनाको परिप्रेक्ष्यमा वन विभाग र रेलवेको भूमिकामाथि प्रश्न उठिरहेको छ। भनिन्छ, ट्रेनको गति, पूर्व चेताउनी प्रणाली एवं दुवै विभागबीच समन्वयको अभाव यस दुर्घटनाको कारण हुनसक्छ। सूत्रानुसार मामिलामा विभागीय जाँचको आदेश दिनसक्छ ताकि दोष तय गर्न सकियोस् साथै भविष्यमा यस किसिमको घटनालाई रोक्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande