सोनादा पचेङ समष्टिको कालु बस्तीमा सडक मरमत्तिको लागि एडवर्ड्सद्वारा जेसीबी प्रदान
Edwards jcb


सोनादा , 20 दिसम्बर (हि.स.)। सोनादा पचेङ समष्टि अन्तर्गत कालु बस्तीमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्सले जेसीबी दिएर‌ आफ्नो आश्वासन पूरा गरेका छन्।

स्थानीय सडक अत्यन्तै जीर्णावस्थामा पुग्दा पनि प्रशासनबाट कुनै ध्यान नदिएपछि जेसीबी र अन्य सहयोगको व्यवस्था गरिदिएकोमा स्थानीयवासीहरूले अजय एडवर्ड्सप्रति आभार व्यक्त गरेका छन्। जेसीबीको प्रयोग सडक मर्मत र ब्याक कटिङ आदि कार्यमा गरिने बताइएको छ, जसले स्थानीय बासिन्दाहरूलाई तत्काल राहत पुग्ने अपेक्षा गरिएको छ।

यस अवसरमा रंगबुल धोतरिया रंगमुक समष्टिका अध्यक्ष तेन छिरिङ, पार्टीको सोनादा पचेङ समष्टिका अध्यक्ष सिद्धार्थ थापा, सह सचिव रमेश राई तथा उपाध्यक्ष अमित राईको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande