
गुवाहाटी, 20 दिसम्बर (हि.स.)। असममा शनिवार बिहानै ठूलो दुर्घटनामा 20507 डाउन सैरांग–नयाँ दिल्ली राजधानी एक्सप्रेस हात्तीहरूको झुण्डसित ठोकियो, जसबाट इन्जिन सहित ट्रेनका पाँच बोगी पटरीदेखि तल झरे। यद्यपि, यस घटनामा कुनै यात्री हताहत वा घाइते भएको सूचना छैन।
रेलवे अधिकारीहरू अनुसार, यो घटना बिहान लगभग 2.17 बजी लमडिङ मण्डल अन्तर्गत जमुनामुख-कामपुर खण्डमा बिहान भएको हो, जुन गुवाहाटीदेखि लगभग 126 किलोमीटर टाढ़ा छ। सूचना पाउने बित्तिकै दुर्घटना राहत ट्रेनहरू र लमडिङ डिभिजनल मुख्यालयका अधिकारीहरू घटनास्थलमा पुगे र राहत र पुनर्स्थापना कार्य शुरु गरियो।
यात्रुहरूलाई सहयोग गर्न गुवाहाटी रेलवे स्टेशनमा हेल्पलाइन नम्बरहरू सक्रिय गरिएको छ। हेल्पलाइन नम्बरहरू 0361-2731621, 0361-2731622 र 0361-2731623 हुन्। पूर्वोत्तर सीमान्त रेलवेका महाप्रबन्धक र लमडिङ डिभिजनल रेलवे प्रबन्धक लगायत वरिष्ठ रेलवे अधिकारीहरू पनि घटनास्थलमा पुगेका छन्।
रेलवेले भन्यो, पटरीबाट झरेका कोचहरू अलग गरिसकेपछि, रेल बिहान 6.11 बजी गुवाहाटीको लागि प्रस्थान गऱ्यो। गुवाहाटीमा थप कोचहरू जोड़ेर रेलले आफ्नो यात्रा पुनः शुरु गर्नेछ। रेलवे सूत्रहरू अनुसार, यो घटना यस्तो स्थानमा भएको छ, जुन घोषित हात्ती कोरिडोर होइन। लोको पायलटले हात्तीहरूको झण्ड देखेर आपात ब्रेक लगाएपनि हात्ती ट्रेनसित ठोकियो।
यसबीच प्रभावित सेक्शन भएर गुज्रिने ट्रेनहरूलाई अप लाइनक माध्यमले डायवर्ट गरिएको छ। रेल यातायात सामान्य गर्न बहालीको कार्य जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी