
नयाँ दिल्ली, 20 दिसम्बर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले राजधानी दिल्लीमा चलिरहेको नक्कली लुब्रिकेन्ट ओयल बनाउने एउटा ठूलो फ्याक्ट्रीको भण्डाफोर गरेको छ। यस फ्याक्ट्रीमा क्यास्ट्रोल, टीवीएस औ हीरो जस्ता नामी कम्पनीको नाममा नक्कली इञ्जिन ओयल बनाएर बजारमा आपूर्ति गरिँदैथ्यो। पुलिसले छापा मारेर प्रचुर मात्रामा नक्कली लुब्रिकेन्ट ओयल, मशिनरी तथा प्याकिंग सामग्री जफत गरेको छ। यस सिलसिलामा मुख्य आरोपीलाई पनि पक्राउ गरिएको छ।
क्राइम ब्राञ्चका पुलिस उपायुक्त विक्रम सिंहले शनिवार बताए, क्राइम ब्राञ्च (पूर्वी रेञ्ज-1)-को टीमले गए 18 दिसम्बरमा कबीर नगर, दिल्ली-94 स्थित एक गोदाममा सुनियोजित छापेमारी गऱ्यो। यस अवधि तीनजना श्रमिकहरूले घटनास्थलमा नक्कली तेल छान्ने, रंग मिसाउने, बोतलहरूमा भर्ने र क्यास्ट्रोलको नक्कली लेबर टाँस्ने काम गरिरहेका थिए। केही क्षणमा गोदाम मालिक मालिक मनीष गुप्ता (41) पनि घटनास्थलमा आइपुग्यो जसले लाइसेन्स बिनाकै अवैध फ्याक्ट्री संचालन गर्दै आइरहेको कुरा स्वीकार गरेको छ। अर्कोतिर क्यास्ट्रोल कम्पनीका अधिकृत प्रतिनिधिले घटनास्थलमा रहेका उत्पादहरूको जाँच गरी ती सबैलाई नक्कली रहेको दाबी गरे।
जाँचबुझमा आरोपी मनीष गुप्ताले खुलासा गऱ्यो, उसले वर्ष 2019-देखि नै नक्कली इञ्जिन ओयल बनाउँदै आइरहेको थियो। उसले स्थानीय बजारबाट बेस ओयल र केमिकल मिसाएर हरेक दिन 150 लीटर नक्कली तेल बनाउँदै आएको थियो जसलाई क्यास्ट्रोल, टीभीएस वा हीरोको नामबाट प्याक गरी कम मूल्यमा बजारमा बेचिन्थ्यो। आरोपीले पुरानो र एक्सपायर्ड ब्राण्डेड डब्बहरूलाई सफा गरेर त्यसैलाई फेरि प्रयोग गर्थ्यो। नक्कली लेबल, सील र होलोग्राम तिहाड़ लगायत वरपरका बजारहरूमा मगाइन्थ्यो। यो नक्कली तेल दिल्ली अतिरिक्त उदयपुर, श्रीनगर र सहारनपुरसम्म आपूर्तिहुन्थ्यो जसबाट आरोपीले प्रत्येक महिना 50 हजार रुपियाँ कमाउँथ्यो।
अर्कोतिर पुलिस जाँचमा थाहा लागेको छ, आरोपी मनीष गुप्ता पहिला पनि कपीराइट एक्ट अन्तर्गत एक मामिलामा सामेल भइसकेको छ। हाल उमाथि कपीराइट एक्ट औ भारतीय न्याय संहिताका धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा