दिल्ली-एनसीआरमा नशाको नेटवर्क ध्वस्त, दुई दाज्यु-भाइ पक्राउ
दिल्ली-एनसीआरमा नशाको नेटवर्क ध्वस्त, दुई दाज्यु-भाइ पक्राउ


नयाँ दिल्ली, 20 दिसम्बर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले दिल्ली-एनसीआरमा सक्रिय एक ड्रग सिण्डिकेटको भण्डाफोड़ गरेको छ। पुलिसले यस सम्बन्धमा दुई दाज्यु-भाइलाई कार मार्फत मादक पदार्थ सप्लाई गर्दै गरेको अवस्थामा पक्राउ गरेको छ। आरोपीहरूको कब्जाबाट प्रचुर मात्रामा चरस, टीएचसी औ ओजी (हाइड्रोपोनिक गाँजा) जफत गरिएको छ।

क्राइम ब्राञ्चका पुलिस उपायुक्त पंकज कुमारले शनिवार बताए, गत 17 दिसम्बरमा पुलिसलाई गुप्त सूचना प्राप्त भएको थियो कि केही ड्रग तस्करहरूले तिहाड़ जेल रोड, जनकपुरी क्षेत्रमा कार मार्फत नशालु पदार्थ सप्लाई गर्नेवाला छ। सूचनाको पुष्टि भएपछि तुरून्तै धराप थापियो। पुलिस टमले जनकपुरीस्थित तिहाड़ जेल रोडमा संदिग्ध कारलाई रोक्ने प्रयास गऱ्यो।

कार चालकले भाग्ने प्रयास गरेको भए पनि सतर्क पुलिस टीमले पछ्याएर वाहनलाई घेऱ्यो जसमा सवार दुईजना युवकहरूलाई समातियो। जाँच गर्दा आरोपीहरूबाट 1.068 किलो चरस, 98 ग्राम टीएचसी औ 174 ग्राम ओजी जफत गरियो। यस अतिरिक्त यस अवैध कार्यमा प्रयोग गरिएको कारलाई पनि जफत गरियो।

पुलिस उपायुक्त अनुसार पक्रा पर्ने आरोपीहरूको पहिचान रितांशु गुंड (25) र उसको भाइ रिदम गुंड (20)- को रूपमा भएको छ। दुवै नै हरि नगर, दिल्ली निवासी हन्। यस सम्बन्धमा एनडीपीएस एक्टका धाराहरू अन्तर्गत थाना क्राइम ब्राञ्चमा मामिला दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande