
नयाँ दिल्ली, 20 दिसम्बर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्च (पूर्वी रेञ्ज)-ले हिमाचल प्रदेशदेखि दिल्ली-एनसीआरसम्म चरस सप्लाई गर्ने अन्तर्राज्यीय गिरोहको भण्डाफोर गरेको छ। पुलिस टीमले यस सम्बन्धमा चारजना आरोपीहरूलाई पक्राउ गरी उनीहरूको कब्जाबाट 1.698 किलो चरस जफत गरेको छ।
क्राइम ब्राञ्चका पुलिस उपायुक्त विक्रम सिंहले शनिवार बताए, क्राइम ब्राञ्चको ईआर-1 यूनिटको टीमले ड्रग्स तस्करीको मामिलामा जाँच गरिरहेको थियो। गत 12 दिसम्बरमा गुप्त सूचनाको आधारमा क्राइम ब्राञ्चको टीमले पहाड़गञ्जस्थित एक होटलमा छापा मारेर कुन्दन लाल (40)-लाई पक्राउ गऱ्यो। कुन्दन जिल्ला कुल्लू, हिमाचल प्रदेश निवासी हो जसको कब्जाबाट 1.136 किलो चरस जफत गरियो। जाँचमा थाहा लागे अनुसार आरोपी यसअघि पनि वर्ष 2024-मा हिमाचल प्रदेशको बिलासपुर जिल्लामा एनडीपीएस मामिलामा पक्रा परिसकेको थियो। जफत गरिएको चरसलाई दिल्ली-एनसीआरमा सप्लाई गर्नुथ्यो।
पुलिस उपायुक्तले बताए, जाँचबुझमा कुन्दन लालले खुलासा गऱ्यो, पूर्वी दिल्ली निवासी गौरव वर्मा र पीयूष कुमारले यस खेपलाई लैजानेवाला थिए। पुलिसले आरोपीले बताए अनुसार पूर्वी दिल्लीमा छापा मारेर दुईजना आरोपीहरूलाई पक्राउ गऱ्यो। अग्रिम जाँचमा कुन्दनले मनीष कुमार उपनाम मनीष ठाकुर, निवासी जिल्ला कुल्लू (हिमाचल प्रदेश)- को नाम उजागर गऱ्यो जो यस नेटवर्कको सक्रिय सदस्य थियो। आरोपीले बतायो, चरस कुल्लूको छलाल तथा यस वरपरका पहाड़ी क्षेत्रहरूबाट ल्याइन्थ्यो। यस सूचनामा गत 18 दिसम्बर, 2025-को दिन कश्ममीरी गेटस्थित मजनुँको टीला-आईएसबीटी नजिक छापा मारेर मनीष कुमारलाई समातियो अनि उसको ब्यागबाट 562 ग्राम चरस जफत गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा