
पश्चिमी सिंहभूम, 20 दिसम्बर (हि.स.)। झारखण्डमा एकजना गरीब आदिवासी पिताले आफ्नो 4 वर्षीय छोराको शवलाई अस्पतालदेखि घरमा लैजानको लागि एम्बुलेन्ससम्म नपाएको घटना प्रकाशमा आएको छ। बाध्यतावश पिताले छोराको लाशलाई एउटा थैलामा राखे अनि बस मार्फत लामो यात्रा गरेर गाउँसम्म पुगे। यो दृश्य देख्नेहरूको आँखा रसाउनको साथि हृदय पनि रोयो।
पश्चिमी सिंहभूम जिल्लाकेोनोवामुण्डी प्रखण्डस्थित बालजोड़ी गाउँ निवासी डिंबा चतोम्बा आफ्नो चार वर्षीय छोराको उपचार हुने आशा बोकेर गए शुक्रवार साँझ लगभग 70 किलोमीटर टाड़ा चाीबासा सदर अस्पतालमा पुगेका थिए। यहाँ गत बुधवार नै बालकलाई भर्ती गरिएको थियो। उपचारको क्रममा शुक्रवार साँझ अबोध बालकको मृत्यु भयो। छोराको मृत्युले पहिला नै मुटु छिया-छिया भएका पितामाथि त्यसबेला दुःखको ठूलो बोझले थिच्यो जतिबेला शवलाई घर लैजानको लागि अस्पतालमा कुनै एम्बुलेन्स उपलब्ध गराइएन।
भनिन्छ, डिंबा चतोम्बाले अस्पताल प्रशासनसित कैयौं पटक गुहार मागे, घण्टौं प्रतिक्षा गरे, तर कतैबाट पनि उनले मद्दत पाएनन्। आर्थिक रूपमा अत्यन्त दुर्बल डिंबासित निजी वाहनको भाड़ा दिने पैसा थिएन। खल्तीमा मात्र सय रुपियाँ थियो। त्यसैबेल उनले 20 रुपियाँको एउटा प्लास्टिकको थैला किनेर छोराको शवलाई त्यसमा राखे अनि बचेको पैसाबाट बस भाड़ा चुकाए। चाईबासादेखि नोवामुंडीसम्म बसमा यात्रा गरेपछि तिनी पैदलै हिँड़ेर गए शुक्रवार अबेर राती आफ्नो गाउँ बालजोड़ी आइपुगे।
बसमा यात्रा गरिरहेका अन्य यात्रीहरू अनुसार यात्रा अवधिभरि नै डिंबा चतोम्बा मौन रहे। आँखामा आँशु थिएन, तर बोल्ने शक्ति थिएन। काखमा थैलाभित्र राखिएको अबोधको शव अनि अगाड़ि सुनसान सड़क- यस्तो दृश्यले मानिसहरूको हृदयलाई झक्झकाइदियो।
राज्यमा यो नारा सुन्न पाइन्छ- “हेमन्त छन् त हिम्मत छ”, तर यस घटनाले प्रश्न उठाएको छ कि के गरीब अनि आदिवासी परिवारहरूको लागि सम्मानजनक अन्तिम यात्रा पनि आजसम्म सपनामै सीमित छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा