
श्रीनगर, 20 दिसम्बर (हि.स.)। जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले शनिवार भने, संशोधित विकसित भारत–ग्यारन्टी फर रोजगार एण्ड आजीविका मिशन (ग्रामीण) [वीबी-जी राम जी] (एमजीएनआरईजीए) विधेयक राज्यहरूको हानिकारक छ, किनभने केन्द्र सरकारले यस योजनाको वित्तीय र प्रशासनिक बोझ राज्यहरूमाथि नै लादेको छ।
श्रीनगरमा पत्रकारहरूसित बातचित गर्दै मुख्यमन्त्रीले नयाँ विधेयकको नाम विकसित भारत-ग्यारन्टी फर रोजगार एण्ड आजीविका मिशन (ग्रामीण) [वीबी-जी राम जी]-माथि कटाक्ष गर्दै यसको तुलना एउटा पुरानो बलीवुड फिल्म ‘जी मम्मी जी’- सित गरे। उनले भने, कुनै पनि विधेयकको नाम सोच-विचार गरेर राखिनुपर्छ। तर यो नामलाई सुनेर उनलाई त्यै फिल्मको सम्झना भयो।
उमर अब्दुल्लाले भने, “जी राम जी— यस्तो पनि कुनै विधेयकको नाम हनसक्छ? हुनसक्छ कि अधिकांश मानिसहरूले त्यो फिल्म हेरेका छैनन्, तर मेरो भतिजले हेरेको छ।”
मुख्यमन्त्रीले यो पनि भने, राष्ट्रपिता महात्मा गान्धीको नामलाई योजनाबाट हटाउनु गलत हो। उनले भने, पहिला महात्मा गान्धीको नाम हटाइो जुन उचित होइन, अब यस योजनाको बोझ राज्यहरूमाथि लादिएको छ। उनले आरोप लगाए, विधेयकमा गरिएको फेरबदल जम्मू-कश्मीर जस्तो राज्यको लागि लाभकारी होइन, हानिकारक छ।
विपक्षको यस आरोप- दिल्लीमा उनले भाजपाको प्रशंसा गर्दछन्,-लाई लिएर उमर अब्दुल्लाले भने, केन्द्र् सरकारले कुनै सही कदम उठाउँछ भने त्यसको प्रशंसा गर्नु उनको दायित्व हो, तर गलत फसेला तर्फ संकेत गर्नु पनि त्यति नै आवश्यक छ। उनले भने, “म यो कुरा हरेक ठाउँमा भन्छु। म जनतालाई भ्रमित पार्नको लागि राजनीति गर्दिनँ। केन्द्रले मद्दत गरेको ठाउँमा उसको सराहना गर्छु, तर अभाव भयो भने त्यसलाई पनि साामु राख्छु।”
मुख्यमन्त्रीले भने, एकातिर केन्द्र सरकारले अन्य मामिलाहरूमा सिकायत गर्ने ठाउँ नै राखेको छैन भने अर्कोतिर राज्यका मुद्दाहरूमा केन्द्रले उनलाई सिकायत गर्न बाहेक अन्य कुनै विकल्प छोड़ेको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा