खरसाङको वार्ड नम्बर दुईस्थित टेकवीर बस्तीमा प्री क्रिसमस उत्सव सम्पन्न
Pre Christmas


खरसाङ, 20 दिसम्बर (हि.स.)। खरसाङको वार्ड नम्बर दुईस्थित टेकवीर बस्तीमा प्री क्रिसमस उत्सव आज क्षेत्रीय सभासद श्याम शेर्पाको उपस्थितिमा सम्पन्न गरियो।

टेकवीर बस्तीमा गत केही हप्ता अघिदेखि शनिवार गाउँले हार्टकाे थाल्नी भएको थियो। यस बस्तीमा इसाई, हिन्दू, बौद्ध सबै मिलेर बसोबास गर्दै आइरहेकाले हार्ट कमिटीद्वारा प्रि क्रिसमस कार्यक्रमकाे आयोजना गरिएको छ। कार्यक्रममा विशेष क्षेत्रीय सभासद श्याम शेर्पाकाे उपस्थिति रहेका थिए।

कार्यक्रममा सभासद शेर्पा र समष्टिकी नारी शक्ति अध्यक्षा सुष्मा मुखियाद्वारा केक काटेर नानीहरूलाई वितरण गरियो। सभासद शेर्पाले कार्यक्रममा निम्त्याएकोमा आभार व्यक्त गर्दै सबैलाई अगावै क्रिसमसकाे शुभकामना टक्राए। उनले हार्ट कमिटी र गाउँवासीहरुकाे एकताकाे पनि प्रशंसा गरे। प्रभु येशूले सबैलाई शान्ति, करुणा र बलिदानकाे आशिष प्रदान गरुन् भनी उनले कामना राखेका छन्।

कार्यक्रममा आयोजक पक्षका प्रतिम तामाङ, प्रशान्त गुरुङ साथै सबै युवाहरु, नारीहरु अनि टाउन कमिटीकाा सचिव बिरबल पाख्रीन उपस्थित रहेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande