मालबजारमा कोठाभित्रै दुई युवकको झुण्डिरहेको शव भेटियो
मालबजारमा कोठाभित्रै दुई युवकको झुण्डिरहेको शव भेटियो


जलपाइगढी, 20 दिसम्बर (हि.स.)। मालबजार शहरको बस स्ट्याण्ड संलग्न क्षेत्रमा जयप्रकाश पण्डित नामक व्यक्तिको घरमा भाड़ामा बस्दै आएका दुईजना युवकहरूको गए शुक्रवार राती गलफन्दामा झुण्डिरहेको शव भेटियो।

स्थानीय सूत्र अनुसार दुवै युवक तीन दिन अगाड़ि मात्र भाड़ामा बस्न उक्त घरमा आएका थिए जसको पहिचान सञ्जीव बर्मन (20) र अनुप राय (21)-को रूपमा भएको छ। सञ्जीव अलिपरद्वार जिल्लाको फालाकाटा थाना अन्तर्गत छोटो शालकुमार गाउँको निवासी थियो भने अनुप राय मेडली थाना अन्तर्गत धुपझोराको थियो।

सूचना पाउनसाथ मालबजार थानाको पुलिस घटनास्थलमा पुग्यो। प्रारम्भिक जाँचमा पुलिसलाई थाहा लागे अनुसार सञ्जीव बर्मन यसै महिनाको गत 15 तारिकदेखि बेपत्ता भएको थियो। यस सम्बन्धमा फालाकाटा थानामा हराएको सिकायत पनि दर्ता गरिएको थियो। मोबाइल टावर लोकेशनको आधारमा फालाकाटा थाना पुलिसलाई सञ्जीव मालबजारमा रहेको कुरा थाहा लागेको थियो।

घटनाको खबर पाउनसाथ गए शुक्रवार राती नै अनुपको परिवार मालबजार अस्पतालमा आइपुग्यो। यस अवधि अनुपका पिता शोकले गर्दा बोल्न सकेनन्। छिमेकी बिटेन रायले बताए, मृत युवकले घरमा भनेको थियो, उसले एउटा मन्दिरमा पुजारीको रूपमा काम गरिरहेको छ।

पुलिसले दुवै युवकलाई कोठाभित्र एउटै डोरीमा झुण्डिएको अवस्थामा भेटेको थियो। हाल मालबजार थाना पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ। शनिवार पुलिसले बतायो, दुवै युवकको मृत्युको समाचार उनीहरूको परिवारलाई दिइएको छ। शवहरूलाई पोस्टमर्टम गर्नको लागि जलपाईगुड़ी सदर अस्पतालमा पठाइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande