
कोलकाता, 20 दिसम्बर (हि.स.)। कोलकाताका युवभारती क्रीड़ांगनमा गत 13 दिसम्बरको दिन लियोनेल मेसीको कार्यक्रममा भएको अव्यवस्थाको मामिलामा पुलिसको जाँचबुझमा मुख्य आयोजक शतद्रु दत्तबाट केही महत्वपूर्ण जानकारीहरू प्राप्त भएको छ। पुलिस सूत्रानुसार जाँचबझमा शतद्रुले कार्यक्रमको भीड़, खर्च, फण्डिंग एवं अव्यवस्थाको कारणसित सम्बन्धित धेरै वटा खलासाहरू गरेको छ।
सूत्रको दाबी छ, शतद्रुले जाँच अधिकारीहरूलाई बताए कि कार्यक्रमको दिन आयोजनसित सम्बन्धित विभिन्न कार्यहरूको लागि उनको टीमका लगभग 150 जना मानिसहरू मैदानमा उपस्थित थिए। यस अतिरिक्त राज्यका खेल मन्त्री अरूप विश्वासद्वारा आमन्त्रित 300 जना पनि कार्यक्रम स्थलमा पुगेका थिए। यसरी नै मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जीको परिवार र उनका आफन्तहरू पनि ठूलो संख्यामा कार्यक्रममा उपस्थित थिए जसकारण अव्यवस्था फैलिएको थियो।
शतद्रुको आरोप छ, यी आमन्त्रित मानिसहरूमा ठूलो संख्यामा प्रभावशाली र राजनीतिक रूपमा जोड़िएका मानिसहरू थिए। जाँचबुझमा उसले यो पनि दाबी गऱ्यो, यीमध्ये विशेष गरी मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जीको परिवारका सदस्य एवं उनका निकटवर्ती मानिसहरू सामेल थिए जसको उपस्थितिले गर्दा सुरक्षा अनि तय कार्यक्रम व्यवस्था प्रभावित भयो।
पुलिस सूत्र मुताविक शतद्रुले भन्यो, मेसी मैदानमा प्रवेश गर्नसाथ पहिलाबाटै तय कार्यक्रम पूर्ण रूपले बिग्रियो। तय योजना अनुरूप मेसीको आवागमन हुन सकेन। बारम्बार उनको नजिकमा पुग्ने, आधा अङ्कमाल गर्ने प्रयास, तथा लगातार सेल्फी लिने होड़ले गर्दा स्थिति द्रूत गतिमा नियन्त्रणदेखि बाहिर पुग्यो। त्यसैले मेसी र उनको टीम असहज एवं रूष्ट भयो।
जाँचबुझमा शतद्रुले कार्यक्रममा भएको खर्चबारे पनि जानकारी दिएको छ जसानुसार सम्पूर्ण आयोजनमा लगभग 100 करोड़ रुपियाँ खर्च भयो ।यसमा ‘ग्रेटेस्ट अफ अल टाइम इण्डिया टूर’ अन्तर्गत मेसीलाई लगभग 89 कड़ोर रुपियाँ दिइयो। जीएसटी र अन्य खर्चहरू जोड़्दा लगभग 100 करोड़ रुपियाँसम्म खर्च भयो। मोठ खर्चमध्ये लगभग 30 कड़ोर रुपियाँ विभिन्न प्रायोजकहरूबाट प्राप्त भएको थियो भने 30-35 करोड़ रुपियाँ हैदराबादबाट आएको थियो। रहल राशि टिकट बिक्रीको माध्यमबाट जुटाउने योजना थियो। कोलकातामा टिकट बिक्रीबाट लगभग 20 कड़ोर रुपियाँ पाउने आशा थियो, तर अव्यवस्था र नोक्सानलाई मध्यनजर गर्दै पुलिसले टिकट बिक्रीसित सम्बन्धित कम्पनीहरूलाई पत्र पठाएर हाल यो राशि आयोजक कम्पनीलाई नदिने निर्देश दिएको छ। युवभारती स्टेडियममा भएको तोड़फोड़बाट भएको नोक्सानको पूर्ताल पनि यसै राशिबाट भुक्तान गर्ने मागमाथि विचार भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा