
खड़गपुर, 20 दिसम्बर (हि.स.)। खड़गपुरको न्यू सेटलमेन्ट क्षेत्रस्थित इंदा शक्ति भवन सामु शनिवार बिहान अचानक आगो लागेर क्षेत्रमा खैलाबैला भयो। प्रारम्भिकि जानकारी अनुसार बिहानको पूजा गर्दा बालेको दियो नै आगलागीको कारण बन्यो जसले गर्दा हेर्दा-हेर्दै वरपरका मानिसहरू डराएर घटनास्थलमा भेला भए।
स्थानीय मानिसहरूले बताए, सदा जस्तै आज बिहान पनि पूजाको लागि दियो बालिएको थियो। यसै अवधि दियोमा बलेको आगो कुनै कारणवश त्यहाँ रहेको ज्वलनशील साग्रीको सम्पर्कमा आयो जसबाट आगो सल्कियो। केही क्षणमा कालो धुँवा उड़्न थाल्यो जसले गर्दा क्षेत्रमा कोकोहोलो मचियो।
घटनाको सूचना पाउनसाथ स्थानीय मानिसहरूले तत्परता देखाउँदै आगोलाई निभाउनमा जुटे। पछि सम्बन्धित विभाग र दमकल कर्मीहरूलाई पनि सूचना दिइयो। सौभाग्यवश समयमै आगोलाई नियन्त्रण गर्न सकियो। परिणामस्वरूप ठूलो दुर्घटना हुनदेखि बच्यो। यस घटनामा कुनै प्रकारको जनहानि भएको छैन। तथापि केही सामानहरू जलेर नष्ट भएको छ।
घटनापछि घटनास्थलमा पुगेको पुलिसले स्थितिको जायजा लियो। पुलिसले मानिसहरूलाई सतर्कता अप्नाउने अपील गऱ्यो। स्थानी प्रशासनले भन्यो, पूजा-पाठमा दियो, मैनबत्ती वा अगरबत्ती जलाउँदा विशेष सतर्कता अप्नाउन आवश्यक छ ताकि यस प्रकारको घटनाहरूदेखि बच्न सकियोस्।.
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा