न्यू जलपाइगढी स्टेशनमा रक्तदान शिविरको आयोजन
न्यू जलपाइगढी स्टेशनमा रक्तदान शिविरको आयोजन


सिलगढ़ी, 20 दिसम्बर (हि.स)। न्यू जलपाइगढी जीआरपीको पहलमा शनिवार एक स्वैच्छिक रक्तदान शिविरको आयोजन गरियो। जीआरपी र लायन्स क्लबको संयुक्त तत्वावधानमा एनजेपी रेलवे स्टेशनको प्लेटफर्म नम्बर एकमा ‘उत्सर्ग’ नामक रक्तदान शिविरको आयोजन गरियो। शिविरमा जीआरपी र आरपीएफका अधिकारी एवं कर्मीहरू व्यापक रूपमा सहभागी भए।

यस अवसरमा जीआरपीका पुलिस अधीक्षक कुनुवर भूषण सिंह, आरपीएफ इन्स्पेक्टर मुकेश कुमार रजक, एनजेपी जीआरपीका आईसी पासंग रिन्जिंग शेर्पा सहित सम्बन्धित विभागका अन्य अधिकारी एवं पुलिसकर्मीहरू उपस्थित थिए। कार्यक्रम अवधि एनजेपी जीआरपीका आईसी पासंग रिन्जिंग शेर्पाको पक्षबाट कुनुवर भूषण सिंह र आरपीएफ इन्स्पेक्टर मुकेश कुमार रजकलाई फूलगुच्छा एवं ब्याज पहिराेर सम्मानित गरियो। रक्तदान शिविरमा जीआरपी तथा आरपीएफका अधिकारी-कर्मचारीहरूसँगसँगै रेल यात्री र आम मानिसहरूले पनि उत्साहपूर्वक स्वेच्छाले रक्तदान गरे। शिविरमा 50 जनाभन्दा अधिक मानिसहरूले रक्तदान गरे।

यसबाहेक कार्यक्रममा माटीगाड़ा क्षेत्रकी सात वर्षीय काव्यश्री छेत्रीलाई विशेष सम्मान प्रदान गरियो। करातेमा ब्ल्याक बेल्ट हासिल गरेर उत्तर बंगालको पहिलो खेलाड़ी बन्न सफल भएकोमा काव्यश्रीलाई कुनुवर भूषण सिंंहद्वारा सम्मानित गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande