नोकरले चोरी गऱ्यो 40 लाख रुपियाँ, तीनजना आरोपी पक्राउ
नोकरले चोरी गऱ्यो 40 लाख रुपियाँ, तीनजना आरोपी पक्राउ


नयाँ दिल्ली, 20 दिसम्बर (हि.स.)। पश्चिमी जिल्लाको पञ्जाबी बाग थाना क्षेत्रमा घरेलु नोकरद्वारा 40 लाख रुपियाँ नगद चोरी गरेको मामिला प्रकाशमा आएको छ। पुलिसले यस मामिलालाई सुल्झाउँदै मुख्य आरोपी सहित तीनजना आरोपीहरूलाई पक्राउ गरेको छ। पुलिसले आरोपीहरूबाट 36.05 लाख रुपियाँ नगद र चोरेको पैसाले किनेको महँगो-महँगो जुत्ता र कपड़ाहरू जफत गरेको छ।

पश्चिमी जिल्लाका पुलिस उपायुक्त दराडे शरद भास्करले शनिवार बताए, गत 29 नोभेम्बरको दिन पञ्जाबी बाग थानामा सिकायत गरिएको थियो- घरमा काम गर्ने नोकरले 40 लाख रुपियाँ नगद चोरेर भागेको छ। यस सिलसिलामा 30 नोभेम्बरमा मामिला दर्ता गरी जाँच शुरू गरियो। मामिलाको गम्भीरतालाई मध्यनजर गर्दै इन्स्पेक्टर सञ्जय दहियाको नेतृत्वमा एक विशेष टीम गठन गरियो।

पुलिस उपायुक्त अनुसार जाँच गर्ने क्रममा घटनास्थल र त्यस वरपरका सीसीटीभी क्यामराको फुटेजको जाँच गरियो। शुरूआती फुटेजमा नोकर ध्रुवलाई घरबाट खाली हात निक्लिएको देखिन्छ, तर अघिल्लो फुटेजमा उसलाई आफ्ना दुईजना साथीहरू क्रमैले जतिन र शिवमसित घुम्दै गरेको देखिन्छ जसमध्ये एकजनासित कालो रंगकको ब्याग छ। त्यसपछि तीनैजना आरोपीहरू दिल्लीदेखि बाहिर भागेको कारणको तीनैको मोबाइल फोन बन्द पाइयो।

तक्निकी सर्भिलान्स र कल डिटेल रेकर्ड (सीडीआर)-को विश्लेषबाट थाहा लाग्यो, आरोपीहरू जम्मू-कश्मीर तर्फ गएका थिए। लगातार दबावको कारणले ध्रुव र जतिनले अदालतमा आत्मसमर्पण गरे। जाँचबुझमा खुलासा भयो, आरोपीहरूले एउटै ट्राभल एजेन्सीको माध्यमबाट बारम्बार अन्तर्राज्यीय यात्रा गरिरहेका थिए। यसै क्रममा यो पनि थाहा लाग्यो, तेस्रो आरोपी शिवमले हिमाचल प्रदेशको लागि क्याब बुक गरेको थियो। पुलिसले क्याब चालकसित जाँचबुझ गरी आरोपीको ठेगानाको बारेमा पत्तो लगायो अनि होटलबाटै शिवमलाई पक्राउ गऱ्यो।

पुलिस उपायुक्त अनुसार जतिन (20), सहयोगी, ध्रुव (20), घरेलू नोकर औ शिवम (20 ) सहयोगीलाई हिमाचल प्रदेशबाट पक्राउ गरिएको हो भने यिनीहरू सुल्तानपुरी निवासी रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande