
खड़गपुर, 20 दिसम्बर (हि.स.)। नयाँ साल शुरू हुन अगावै यात्रीहरूको लागि नराम्रो खबर सामु आएको छ। दक्षिण-पूर्व रेलवेले ‘परिचालनगत सीमा’ (अपरेशनल लिमिटेशन)- को आधारमा केही मेमु ट्रेनहरूलाई रद्द गर्ने घोषणा गरेको छ। रेलवे अनुसार आगामी 02 जनवरी, 2026-देखि अघिल्लो निर्देश नआउञ्जेलसम्म यी मेमु ट्रेनहरू रद्द रहनेछन्। यी ट्रेनहरू रद्द हुनाले पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुर, बेलदा, साथै झाड़ग्राम, बाँकुड़ा र पुरुलिया जिल्लाका हजारौं दैनिक यात्रीहरूलाई व्यापक असुविधा हुनसक्छ।
2 जनवरीदेखि रद्द रहने मेमु ट्रेनहरू—68047 खड़गपुर–बेलदा मेमु प्यासेन्जर 68087 / 68088 विष्णुपुर–धनबाद मेमु
68095 बाँकुड़ा–मयनापुर मेमु 68093 / 68094 खड़गपुर–झाड़ग्राम मेमु68023 / 68024 झाड़ग्राम–पुरुलिया मेमु
68025 चक्रधरपुर–राउरकेला मेमु 68029 राउरकेला–झारसुगुड़ा मेमु 68031 / 68032 झारसुगुड़ा–सम्बलपुर मेमु
3 जनवरीदेखि रद्द रहने मेमु ट्रेनहरू—68048 बेलदा–खड़गपुर मेमु 68033 / 68034 झारसुगुड़ा–सम्बलपुर मेमु
68030 झारसुगुड़ा–राउरकेला मेमू68026 राउरकेला–चक्रधरपुर मेमु
उल्लेखनीय छ, यसपूर्व पनि चालु वर्षमा खड़गपुर-आद्रा सेक्शनमा केही ट्रेनहरूलाई रद्द गरिने घोषणा गरिएको थियो। लगातार ट्रेनहरू रद्द हुनाले यात्रीहरूमा रोष एवं चिन्ताको माहोल छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा