
जम्मू, 20 दिसम्बर (हि.स.)। सुरक्षाबल र पुलिसले गए शुक्रवार अबेर राती जम्मू क्षेत्रका तीन वटा जिल्लाहरू क्रमैले सांबा, किश्तवाड़ औ राजौरीमा संदिग्ध मानिसहरूको गतिविधि भइरहेको इनपुटको आधारमा खोजी अभियान संचालन गऱ्यो।
अधिकारीहरूले बताए, जिल्लामा घेराबन्दी तथा खोजी अभियान शुरू गरेपछि सतर्कतालाई अझ बढ़ाइएको छ। गए शुक्रवार राती तीनजना संदिग्ध मानिसहरूको गतिविधिको इनपुट प्राप्त भएपछि कारबाही गर्दै पुलिस र सुरक्षा बलहरूको संयुक्त टीमले सांबा जिल्लाको घगवाल क्षेत्रमा खोजी अभियान शुरू गऱ्यो। उनीहरूले बताए, सैनिकहरूले क्षेत्रलाई घेराबन्दी गरेर खोजी अभियानलाई शनिवार पनि जारी राखेका छन्।
अधिकारीहरू अनुसार सुरक्षा बलहरूले गए शुक्रवार किश्तवाड़ जिल्लाको सिंहपुरा क्षेत्रमा पनि गहन खोजी अभियान शुरू गऱ्यो। राजौरीमा सुरक्षा बलहरूले जिल्लाको थन्नामण्डी र मञ्जाकोट उपजिल्लाबीच अवस्थित केही गाउँहरूमा संदिग्ध मानिसहरूको गतिविधि भइरहेको सूचना पाएपछि एक व्यापक खोजी अभियान शुरू गरे। उनीहरूले बताए, विशेष गुप्त सूचना पश्चात भारतीय सेनाले पनि क्षेत्रमा एक व्यापक अभियान शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा