
कोलकाता, 20 दिसम्बर (हि.स.)। भारतीय मौसम विज्ञान विभाग (आईएमडी)-ले शनिवार बतायो, पश्चिम बंगालमा आगामी पाँच दिनसम्म मौसम शुष्क रहनेछ। यस अवधिभरि न्यूनतम तापमानमा ठूलो परिवर्तन आउने कुनै सम्भावना छैन। त्यसको दुई दिनपछि भने न्यूनतम तापमानमा लगभग दुई डिग्री सेल्सियस ह्रास दर्ता हुनसक्छ। आईएमडीको बुलेटिन अनुसार आइतवार राज्यका सबै जिल्लाहरूका एक-दुई ठाउँमा हल्का कुहिरो (शैलो फग) लाग्नसक्छ।
शनिवार बिहान पहाड़ी क्षेत्रहरूमा जाड़ोको प्रभाव स्पष्ट रूपमा देखियो। दार्जीलिङमा न्यूनतम तापमान 5.8 डिग्री सेल्सियस अनि कालेबुङमा 11 डिग्री सेल्सियस दर्ता गरियो। उत्तर बंगाला मैदानी भागहरूमा अलिपुरद्वारमा सबैभन्दा कम न्यूनतम तापमान 10 डिग्री सेल्सियस रेकर्ड गरियो। त्यसपछि पुरूलियामा 11 डिग्री सेल्सियस न्यूनतम तापमान दर्ता भयो।
राज्यको राजधानी कोलकातामा न्यूनतम तापमान 16.2 डिग्री सेल्सियस रह्यो। अन्य स्थानहरू क्रमैले बर्दवान (11.6 डिग्री), श्रीनिकेतन (11.9 डिग्री) औ बाँकुड़ा (12.4 डिग्री सेल्सियस)- मा तापमान सामान्यभन्दा कम दर्ता गरियो। मौसम विभाग अनुसार आगामी दिनमा बिहान-बेलुकी जाड़ोको प्रभाव बढ़्नसक्छ भने दिउँसो मौसम शुष्क रहने सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा