फाइनेन्स कम्पनीका कर्मी बेपत्ता, पुलिसले शुरू गऱ्यो जाँच
फाइनेन्स कम्पनीका कर्मी बेपत्ता, पुलिसले शुरू गऱ्यो जाँच


सिलगढ़ी, 20 दिसम्बर (हि.स)। सिलगढ़ीको हैदरपाड़ा निवासी असित पाल रहस्यमय ढंगमा बेपत्ता भए। उनी फाइनेन्स कम्पनीमा कार्यरत् छन्। भनिन्छ, उनी खोरीबाड़ी क्षेत्रमा किस्ता असुल गर्न गएका थिए, तबदेखि नै उनको कुनै अत्तो-पत्तो छैन। खोरीबाड़ी पुलिस थानामा शनिवार यसको लिखित सिकायत दर्ता गरिएको छ।

यता खोरीबाड़ी पुलिसले असितको मोबाइलको लोकेशन र वरपरका सीसीटीभी फुटेजको जाँच गरिरहेको छ। साथै ऋण लिने मानिसहरूलाई थानामा बोलाएर जाँचबुझ शुरू गरिएको छ। तथापि यो खबर लेखुञ्जेलसम्म पनि असित पालको बारेमा कुनै सुइँको पाइएको थिएन।

फाइनेन्स कम्पनीका म्यानेजर मोहम्मद इब्राहिमले बताए, असित गए शुक्रवार बातासी, जागारजोत र हावदाविटा क्षेत्रमा तीनजना मानिसहरूबाट ऋणको किस्ता असुल्न गएका थिए। हावदाविटा क्षेत्रमा गएदेखि नै उनीसित सम्पर्क विच्छेद भएको थियो। अर्कोतिर परिवारले बतायो, गए शुक्रवार साँझ लगभग 4 बजे असितसित अन्तिम पटक मोबाइलमा बातचित भएको थियो। तर सांझ 6 बजेदेखि यता उनको मोबाइल फोन बन्द आइरहेको छ। राती खोरीबाड़ीका सचिन्द्रचन्द्र चिया बगान क्षेत्रमा असितको मोटरसाइकल भेटियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande