मनरेगाबाट महात्मा गान्धीको नाम हटाउनु दुर्भाग्पूर्णः नदिम अन्सारी
मनरेगाबाट महात्मा गान्धीको नाम हटाउनु दुर्भाग्पूर्णः नदिम अन्सारी


पटना, 20 दिसम्बर (हि.स.)। मनरेगाबाट राष्ट्रपिता महात्मा गान्धीको नाम हटाना दुर्भाग्यपूर्ण छ। सो मन्तव्य बिहार प्रदेश कंग्रेसका प्रवक्ता नदिम अन्सारीले व्यक्त गरेका हुन्।

उनले भने, भाजपा र आरएसएसले सदैव गान्धीजीको विचार विरूद्ध तथा गान्धीजीको हत्यारा नाथुरामको विचारलाई समर्थन गर्दै आइरहेको छ। मनरेगाको नाम परिवर्तन गरेर गान्धीजीलाई अपमानित गरिरहेको छ। अन्सारीले आँकड़ाको आधारमा भने, वर्ष 2020-21 मा मनरेगामा 31.97 लाख परिवारले काम पाए भने वर्ष 2025-26 को 12 दिसम्बरसम्ममा मात्र 6.74 लाख परिवारले मात्र काम पाएका छन्।

वर्ष 2020-21 मा मनरेगा मजदुरहरूले लगभग 52 दिन मात्र काम पाए। वर्ष 2025-26 मा यो संख्या घटेर वर्षमा 36 दिनमा पुगेको छ। वर्ष 2020-21 मा मनरेगामा 11.19 कड़ोर मजदुरहरूले काम पाए। वर्ष 2025-26 को 12 दिसम्बरसम्ममा यो संख्या घटेर 6.25 कड़ोरमा पुगेको छ अर्थात अहिलेसम्ममा 5 कड़ोर मजदुरहरूलाई कम काम प्राप्त भएको छ।

मनरेगाको नाम मात्र परिवर्तन नगरेर त्यसको मूलभूत संरचनालाई नै समाप्त गर्ने चेष्टा हो। एकातिर राज्य सरकारहरूमाथि 40 प्रतिशत बोझ लादिएको छ भने अर्कोतिर मजदुरहरूको हितलाई पनि अदेशा गरिँदैछ।

मनरेगालाई लामो विचार-विमर्श गरेपछि ग्रामीण मजदुरहरूलाई रोजगारको ग्यारण्टी दिनको लागि बनाइएको थियो। अब यसको संसोधनसितै रोजगारका केही अवसरहरू पनि समाप्त हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande