मन्त्री लिम्बूले कञ्चनजङ्गा विन्टर टुरिज्म फेस्टिभलको तयारीको निरीक्षण गरे
मन्त्री लिम्बूले कञ्चनजङ्गा विन्टर टुरिज्म फेस्टिभलको तयारीको निरीक्षण गरे


गेजिङ, 20 दिसम्बर (हि.स.)। सिक्किम सरकारको भवन तथा आवास विभाग र श्रम विभाग मन्त्री भीमहाङ लिम्बूले आज पेलिङमा कञ्चनजङ्गा विन्टर टुरिज्म फेस्टिभल 2025 लाई लिएर ​चलिरहेको तयारीको निरीक्षण गरे। उक्त कार्यक्रम आगामी 25 दिसम्बरदेखि 31 दिसम्बर, 2025 सम्म आयोजना हुनेछ।

निरीक्षणको क्रममा मन्त्री लिम्बूको साथमा पेलिङ पर्यटन विकास संघका अध्यक्ष केशव प्रधान लगायत अन्य कार्यकारी सदस्यहरू पनि सामेल थिए। पेलिङ पर्यटन विकास संघको तत्वावधानमा आयोजना गरिने यस हप्ताव्यापी महोत्सवको उद्देश्य ग्रामीण क्षेत्रमा पर्यटनलाई बढावा दिनु रहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande