मुख्यमन्त्रीले लाचुङ जुम्साका निर्वाचित पिपनहरूलाई बधाई दिए
ps tamang


गान्तोक, 20 दिसम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सोनाम छिरिङ लाचुङपा र छुङतुक छिरिङ लाचुङपालाई लाचुङ जुम्साका पिपनको रूपमा निर्वाचित बनेकोमा हार्दिक बधाई दिएका छन्। मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमार्फत निर्वाचित पिपनहरूलाई बधाई दिएका छन्।

मुख्यमन्त्रीले उनीहरूको जनादेशले लाचुङका जनताले उनीहरूमाथि राखेको गहिरो विश्वास र भरोसालाई प्रतिबिम्बित गर्दछ भनेका छन्। उनले समुदाय र समाजको कल्याण, सद्भाव र समग्र विकासको लागि सामूहिक रूपमा काम गर्दै लाचुङ जुम्सा प्रणालीको समृद्ध रीतिरिवाज, पुरानो परम्परा र समय सम्मानित मूल्यमान्यताहरूलाई लगनशीलताका साथ पालना गर्नेछन् भनी विश्वास व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले निर्वाचित पिपनहरूलाई सफल, अर्थपूर्ण र अनुकरणीय कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande