विधानसभा उपाध्यक्षले लोसूङ र नामसूङको शुभकामना दिइन्
raj kumari thapa


गान्तोक, 20 दिसम्बर (हि.स.)। सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापाले राज्यवासीहरूलाई लोसूङ र नामसूङको हार्दिक बधाई एवं शुभकामना दिएकी छन्। उपाध्यक्ष थापाले आफ्नो सन्देशमा यी चाडपर्वहरूले शान्ति, समृद्धि, सुस्वास्थ्य र खुशी लिएर आउन् तथा हाम्रो समाजमा एकता र सद्भावलाई सुदृढ़ पारुन् भनी कामना गरेकी छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande